१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएसएसबाट अन्तर्राष्ट्रिय तालिम सुरु

आइएसएसबाट अन्तर्राष्ट्रिय तालिम सुरु  इन्टरनेसनल स्कुल फर स्किल्स (आइएसएस) ले काठमाडौंको एभरेस्ट होटलमा अन्तर्राष्ट्रिय स्तरको तालिम सुरु गरेको जनाएको छ। उसले कर्पोरेट सहित सर्वसाधारणलाई हुने गरी तालिम सञ्चालन हुने जनाएको छ।  

आइएसएसले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइटी, लेभल ५ डिप्लोमा इन आइटी, लेभल ६ प्रोफेसनल ग्राजुएट डिग्री इन आइटी सहितको ब्रिटिस कम्प्युटर सोसाइटीले प्रदान गर्ने तालिम नेपालका माध्यमिक तहभन्दा माथिका विद्यार्थी सहित, आइटी तथा आइटी बाहेकका अरू कुनै संस्थामा कार्यरत व्यक्तिका लागि ल्याएको जनाएको छ। विद्यार्थीले सफ्टवेर डेभलपमेन्ट, नेटवर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाइ लेभल ४ मा गर्न पाउने बताइएको छ ।

उसले ई–जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ जनाएको छ। इ–जाँच, एआई प्रविधि प्रयोग सहित विश्वभरी अपनाइँदै गरिएको प्रविधिहरू प्रयोग गरी तयार पारिएको सफ्टवेयर भएको कम्पनीको भनाइ छ ।

प्रकाशित: ३० कार्तिक २०७८ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App