१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

दराजको ११.११

अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिने सेल ११.११ सम्पन्न गरेको छ। उक्त अभियानको मुख्य हाइलाइटमा ११ लाख सामानमा पाँच करोड रूपैयाँसम्मको छुट,११ हजार रूपैयाँसम्मको मेगा भौचर,प्रिपेमेन्टमा १५ प्रतिशत, अधिकतम ३५ सय रूपैयाँसम्म छुट, खेल एक रूपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जनाएको छ। 

बैंकमार्फत हुने भुक्तानीमा पनि आकर्षक छुटको व्यवस्था रहेको कमपनीको भनाइ छ। यस वर्षको ११.११ मा नयाँ रियलमी जिटी नियो टूजीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न कोटीमा विशेष डिल्स र प्रस्तावहरू थिए।

सामसङ,फिलिप्स, रोटो, सिजी डिजिटल,लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डले विशेष छुट दिएको र टिभिएस,कोकाकोला र सनसिल्क ११.११ का विशेष साझेदार रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ कार्तिक २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App