६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नक्कली भ्याट बिजक प्रयोग गरी राजस्व चुहावट, २ अर्ब ३६ करोड ४५ लाख बिगो

राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर(मुअक) विजक प्रयोग गरी राजस्व चुहावट गरको फेला पारेको छ।

विभागले तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनीका सञ्चालकहरुबाट २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुल गरेको छ।

विभागले रौतहट जिल्लाको साविक जयनगर गाविस वडा नं. ४ हाल गरुडा नगरपालिका वडा नं. १ बस्ने साँग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलको बैंक खाता सञ्चालक गुलसन श्रीवास्तव, पर्सा जिल्लाको साविक वीरगञ्ज उपमहानगरपालिका वडा नं. १ हाल वीरगञ्ज महानगरपालिका वडा नं. १ बस्ने न्यू महादेव इन्टरनेशनलको खाता सञ्चालक रामबाबु ठाकुर हजाम, पर्साकै साविक वेलवा गाविस वडा नं. ६ हाल वीरगञ्ज महानगरपालिका वडा नं. ३१ वेलवा बस्ने मयंक इन्टरप्राइजेजको प्रोपाइटर अब्दुलाह महमद देवान साह, बार जिल्ला साविक जितपुर वडा नं. ३, हाल जितपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने न्यू महादेव इन्टरनेशनलको प्रोपाइटर नन्दकिशोर शर्मा, बारा जिल्ला साविक भलुही भरवलिया गाविस वडा नं. ५ हाल फेदा गाउँपालिका वडा नं. १ भलुही भरवलिया बस्ने साँग्रिला टे«ड एण्ड सप्लायर्सको प्रोपाइटर पलट राउत अहिर, बाराको जितपुर सिमरा उपमहानानगरपालिका वडा नं. ८  बस्ने शुभलक्ष्मी इन्टरनेशनलको प्रोपाइटर राजदेव रायभार र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ वेलवा बस्ने प्रिन्स इन्टरनेशनलको प्रोपाइटर रामचन्द्र माझीलाई पक्राउ गरेको विभागले जनाएको छ।

विभागले साँग्रिला ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर पलट राउत अहिरले राजस्व चुहशावट गर्ने दुरासय राखी झुटो र नक्कली करबिजक जारी गर्ने प्रयोजनका लागि योजनावद्ध तरिकाले दर्ता गरिएका फर्मबाट जारी गरेका झुटा तथा नक्कली कर बिजकमात्र लिई वस्तु तथा सेवा खरीद नै नगरी झुटा तथा नक्कली मुअक बिजकहरुबाट मुअकतर्फ कर कट्टी र आय करतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरेको कसुर अपराध गरेको जनाएको छ।

उनीहरुविरुद्ध विभागले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारबाहीका लागि उच्च अदालत पाटमा मुद्धा दर्ता गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App