२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेका सिइओ साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। साउदले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्।  

श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले अनुसन्धानमा सहजता होस् भनेर राजीनामाको घोषणा गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।  

‘नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्व जानकारी नदिइ आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर बिक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ति प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह बिक्री गर्न सकिने छ’ भन्ने व्यवस्था रहेको छ। कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिँदैन,’ सेयर खरिदबारे साउदले भनेका छन्।

प्रकाशित: ८ भाद्र २०७८ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App