३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

हुन्डाईको मिडिया टेस्ट ड्राइभ

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि साउन २९ गतेका दिन गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपालका प्रतिष्ठित मिडिया हाउसका प्रतिनिधिको उपस्थिति रहेको कम्पनीको भनाइ थियो। सो कार्यक्रममा अल न्यू आई२० का इजी र स्पोर्टी विशेषतामाथि ध्यान आकर्षण गराइएको कम्पनीले जनाएको छ। एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको अल न्यू आई२० लाई बजारमा जबर्जस्त प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको दाबी छ।  

हुन्डाई आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा उपलब्ध हुने बताइएको छ। नेपालमा माग्ना र स्पोर्टज भेरिएन्ट पाइने विज्ञप्तिमा उल्लेख छ। यसको मुल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार पर्ने बताइएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १४ सोरुम र १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।  

प्रकाशित: १ भाद्र २०७८ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App