२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी र इ–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ। 

उक्त सम्झौतामा इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्।  

अब उक्त बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट इ–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने जारी विज्ञप्तिमा जनाइएको छ। 

बैंकले हाल २४ वटा रेमिटेन्स कम्पनीसँग सम्झौता गरी ग्राहकलाई रेमिटेन्स सुविधा प्रदान गरिरहेको जनाएको छ। यो बैंकले एक सय तीन शाखाबाट बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: ३१ श्रावण २०७८ ०३:१६ आइतबार

महालक्ष्मी बैंक इ–सेवा मनी ट्रान्सफर