६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अल न्यू हुन्डाई आई२० बजारमा

नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ। हुन्डाई आई२० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखि नै परिचित मोडल भएको कम्पनीको दाबी छ।  

नयाँ जेनेरेसन आई२० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन छ। उक्त इन्जिनले अधिकतम ६ हजार आरपिएममा ८३ बिएस पावर प्रदान गर्नेछ। उक्त इन्जिनमा म्यानुयल गियरबक्स छ। निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई२० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ। प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्विल जस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ट बनाउने कम्पनीको दाबी छ। 

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्विल, आर्म रेस्ट जस्ता फिचरले आई ० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको कम्पनीको भनाइ छ। विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेसन आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध छ।  

यात्रु सुरक्षाको लागि आई२० मा हुन्डाईले धेरै फिचर प्रदान गरेको छ। डुअल एयरब्याग, एबिएस, इबिडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर यसमा छन्। हुन्डाई म्याग्ना अप्सनको ३६ लाख ९६ हजार र स्पोर्टज अप्सनको मूल्य ४१ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ।  

प्रकाशित: २२ श्रावण २०७८ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App