१५ चैत्र २०८० बिहीबार
अर्थ

नेपालमा स्कोडा कुसाकको बिक्री सुरु

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको बहुप्रतीक्षित एसयुभी स्कोडा कुसाकको बिक्री सुरु गरेको छ। सुरुआती मूल्य ४९ लाख ९० हजार रूपैयाँ कायम गरिएको यो गाडीको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने बताइएको छ। यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ।

यसमा विश्वमै परिचित टिएसआई प्रविधि छ, जुन पर्फर्मेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मिश्रण रहेको र पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल रहेको कम्पनीको दाबी छ। ग्राहकले यो गाडी ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा खरिद गर्न सक्नेछन्। स्कोडा कुसाकमा आरामदायी इन्टेरियर छ। यसको बीचमा फ्री–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टू–स्पोट मल्टिफंक्सन स्टेरिङ छ। यसको बुट क्षमता तीन सय ८५ लिटर हो जसलाई पछाडिको सिट फोल्ड गरेर १४ सय पाँच लिटरसम्म बनाउन सकिन्छ। एम्बिसन भेरियन्टदेखि कुसाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ। त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरू क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्री प्रयोग गरिएको छ।  

त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ।  तीन सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र एक सय ७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने ऊर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यू जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ।

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डर्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो। साथै यसमा रोल ओभर मिटिगेसन र मल्टी कोलिजन ब्रेकिङ पनि छ। यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन्। साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्री प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा छ। बच्चाको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ।  

नेपाली बजारमा कुसाकको एक्टिभ एमटीको ४९ लाख ९० हजार, एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको मूल्य ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार रूपैयाँ रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App