१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी एफ१२ स्मार्टफोन बजारमा

स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा ग्यालेक्सी एफ१२ स्मार्टफोन ल्याएको छ। यो फोनमा ९० हर्स रिफरेस रेकका साथै ६.४ इन्च एचडी प्लस डिसप्ले रहनुका साथै ६ हजार मेगाहर्ज ब्याट्री रहेको कम्पनीको भनाइ छ। ४८ मेगापिक्सलको क्वार्ड क्यामेरा तथा अन्य अभूतपूर्व विशेषताले वास्तवमै यो फोनलाई उत्कृष्ट बनाएको कम्पनीको भनाइ छ। 

यो फोनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको दाबी छ। यो फोन जेन जी तथा मिलेनियल्सहरूको कन्टेन्ट कन्जजम्सनलाई आधार मानी डिजाइन गरिएको छ। यसमा १५ वाटको युयसबी सी फास्ट चार्जर उपलब्ध छ। यसले २५ वाट चार्जिङ सुविधालाई सपोर्ट गर्दछ। यसमा भएको शक्तिशाली ब्याट्रीले १३० घन्टा म्युजिक प्लेब्याक, ४० घन्टा टक टाइम, २५ घन्टा भिडियो प्ले ब्याक तथा २४ घन्टा इन्टरनेट चलाउन सकिन्छ।  

यसमा एक सय २३ डिग्रीको आठ मेगापिक्सल अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो कैद गर्न सक्छ। त्यसैगरी, दुई मेगापिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोजअप फोटो खिच्न सकिन्छ भने यसमा भएको दुई मेगापिक्सलको डेफ्ट क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ। त्यसैगरी, १३ मेगापिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ।  

प्रकाशित: १४ श्रावण २०७८ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App