१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको हर्जाना ब्याज छुट

कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा भारी छुट सुविधा ल्याएको जनाएको छ। बैंकले कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्जा ग्राहकलाई हर्जाना ब्याजमा ५० देखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको छ। 

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन बैंकले कर्जा ग्राहकलाई अनुरोध गरेको छ। आफूले कारोबार गरेको शाखामा असार मसान्तभित्र सम्पर्क गरी उक्त सुविधा लिन सकिने बैंकले जनाएको छ। 

प्रकाशित: ८ असार २०७८ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App