१२ वैशाख २०८३ शनिबार
image/svg+xml
खेल

दीपेन्द्रको अर्धशतक: नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २०० रन बनायो। नेपालका लागि लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनी ७६ रन बनाएर आउट हुन पुगे।

नेपालका ओपनर आसिफ शेख ७ रन र अर्को ओपनर कुशल भुर्तेल २४ रन बनाएर आउट भए। त्यस्तै, कप्तान रोहित २ रनमै समेटिए।

युएईको लागि जुनेद र अजय कुमारले ३-३ विकेट लिए।

प्रकाशित: १२ वैशाख २०८३ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App