१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल

मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।

चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो। यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन्।  

प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्।

प्रकाशित: २७ चैत्र २०७७ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App