१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानलाई हाते ट्रयाक्टर वितरण

किसानलाई हाते ट्रयाक्टर वितरण गर्दै । तस्बिरः नागरिक

पोखरा महानगरपालिका–१८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।  

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले मंगलबार आयोजित एक कार्यक्रममा किसानलाई ट्रयाक्टर वितरण गरेका हुन् । करिब ४९ हजार रुपैयाँ पर्ने उक्त ट्रयाक्टरको मुल्यको ५० प्रतिशत रकम किसान र ५० प्रतिशत भावना सामुदायिक कृषि सहकारी संस्था, र सामुदायिक विकास कोषले व्यहोरेका छन् । त्यसबाहेक महानगरको १८ नम्बर वडा कार्यालयले पनि आर्थिक सहयोग गरेको छ । वडा कार्यालयले डेढलाख, सामुदायिक विकास कोषले एकलाख र भावना कृषि सहकारीले ९३ हजार रुपैयाँ खर्चेका छन् ।  

कार्यक्रममा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषिलाई प्रविधिसँग जोड्नुपर्ने बताए । उनले निर्वाहमुखी नभई व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषि विमालाई पनि प्राथमिकता दिनुपर्ने बताए । अनुदान दिँदा मात्र उत्पादन नबढ्ने हुनाले कृषिलाई प्रविधिमैत्री बनाउँदै व्यावसायिक उत्पादनमा किसानले जोड दिनुपर्ने उनले बताए । उत्पादित बस्तुको बजारीकरण गर्न महानगरले सहयोग गर्ने जिसीले बताए ।  

वडाध्यक्ष रणबहादुर थापाले कृषि उत्पादनमा जोड दिएर वडाले किसानहरुलाई सहयोग गर्दै आएको बताए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषि सहकारी मार्फत किसानलाई कृषि सामग्री उपलब्ध गराउने योजना महाशाखाले बनाएको बताए । 

प्रकाशित: १० चैत्र २०७७ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App