coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखराले बोलाउँदैमा आन्तरिक पाहुना घुम्न आउलान् ?

व्यवसायी भन्छन्ः न कार्यक्रम, नत प्याकेज, सहजै आउँदैनन्

पर्यटकीय क्षेत्र पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको चर्चा चल्न थालेको लामै समय भयो । पश्चिमाञ्चल होटल संघले त आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भन्दै वर्षेनी विभिन्न गन्तव्यमा ‘जाउँ है पोखरा’ अभियान नै चलाउँछ । पर्यटन व्यवसायीले बोलाए वा नबोलाएपनि पोखरामा एकतहमा आन्तरिक पर्यटक आइरहेका छन् । अबको केही समय आन्तरिककै भरमा पर्यटन व्यवसाय थेग्नुुपर्ने बाध्यतामा व्यवसायी पनि छन् ।  

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पछिल्लो समय आन्तरिक पर्यटककै सानो आकारले केही हदसम्म राहत दिएको व्यवसायीले बताईरहेका पनि छन् । थप आन्तरिक पाहुनालाई पोखरा घुम्न व्यवसायीले नै बोलाइरहेका पनि छन् । तर, के व्यवसायीले बोलाउँदैमा आगामि दिनमा प्रयाप्त आन्तरिक पर्यटक पोखरा आउलान त ? सरोकारवाला भन्छन्, ‘आन्तरिक पर्यटक अहिले पनि आइरहेका छन् । आगमनको यो आकार पछि गएर अवश्य पनि बढ्नेछ । तर, ठुलो आकारमा प्रयाप्त आन्तरिक पाहुना भिœयाउन केही न केही बहाना चाहिन्छ । तर, पोखराले त्यो बहाना बनाइदिन सकेको छैन ।’  

कोरोनाका कारण शुन्यमा झरेको पर्यटनलाई ब्यूताउन आन्तरिक पर्यटनले सघाएपनि थप पाहुना भिœयाउन भने कुनै न कुनै बहाना बनाइदिनुपर्ने भएपनि अहिलेसम्म त्यो तयारी नै नगरिएको पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी बताउँछन् । ‘अहिले पनि आन्तरिक पाहुना त आएकै छन् । कोरोनाको मार अघि पनि आएकै थिए । तर, अब ठुलो आकारमा आन्तरिक पाहुना चाहिने भएकोले त्यो आकार बढाउन भने पोखराले घुम्न आउने बहाना बनाइदिनुपर्छ,’ भण्डारीले भने, ‘अहिले त हामी खुल्यौ भनेर पोखराले भनेपछि आन्तरिक पाहुना आएका हुन् । कोरोना त्रासले लामो समय घरभित्र थुनिएका पाहुनाले घुम्ने बहाना बनाएका थिए । तर, सधैं यही अवस्था नहुन सक्छ, त्यसैले थप पाहुना भिœयाउन ठुलै पहल आवश्यक पर्छ ।’

भण्डारीका अनुभवमा अझै केही समय विदेशी पर्यटक भित्रिने अवस्था छैन । विदेशी नआउन्जेल आन्तरिककै भरमा थेगिनुपर्ने बाध्यता छ । तर, पोखराले आन्तरिक पाहुना भिœयाउनुपर्ने बाध्यतालाई सहज रुपमा लिएको उनले बताए । ‘आन्तरिक पर्यटकलाई घुम्न आउ भनेर मात्र हुँदैन, न त प्याकेज छ, न पाहुना तान्ने आकर्षक कार्यक्रम नै दिन सकिएको छ,’ उनले भने, ‘प्याकेज नै दिन नसकिएपनि कुनै बहाना बनाईदिनुपर्ने हो, त्यो पनि हुन सकेन ।’ अहिलेसम्म पोखरा घुम्न आउ भनेको भरमा आइरहेकोमा अब भने आकर्षक प्याकेज र कार्यक्रम दिनुपर्ने उनले बताए ।  

‘एकपटक प्याकेजबारे जानकारी दिन्छौ, त्यसपछि एकवर्षसम्म सुस्ताउँछौ, तर, अब त्यो तरिकाले हुँदैन,’ भण्डारीले भने, ‘एकसाता, महिना, ६ महिना वा वर्षदिनको विशेष प्याकेज सार्वजनिक गर्दै आकर्षक कार्यक्रम दिन सकिन्छ । कार्यक्रम एकपटक घोषणा गर्ने र वर्षदिन गुपचुप बसेर पनि हुँदैन, पाहुनालाई बेलाबेला झक्झकाईदिनु पर्छ ।’ आन्तरिक पाहुनाले प्याकेज वा आकर्षक कार्यक्रमको ‘फिलिङस’ गर्न पाउनुपर्ने उनले बताए ।  

पाहुनालाई प्याकेज बेचेर पैसा कमाउने नभई बोलाउने बहाना चाहिएको उनले बताए । ‘पोखराले आन्तरिक पाहुनालाई विशेष अफर दिएको छ भनेर भन्न सकिएन । अफरको सन्देश पनि पुगेको छैन,’ उनले भने, ‘पर्यटक बोलाउन कार्यक्रम चाहिन्छ वा आकर्षक थप्न सक्नुपर्छ । पाहुनाको संख्या बढाउने हो भने अब व्यवसायीले एकजुट भएर कार्यक्रम दिन सक्नुपर्छ ।’ पोखरा सुन्दर छ र घुम्न आउनु भनेर मात्र नआउने उनले बताए । ‘अहिले व्यवसायीले आकर्षक प्याकेज दिन चाहना नै देखाएका छैनन,’ उनले भने, ‘पर्यटन व्यवसायमा आवद्ध सबै क्षेत्र मिलेर अघि बढेमा सबैलाई लाभ मिल्छ । नत्र एउटा व्यक्ति वा संस्था लागेर दिगो हुँदैन ।’

पर्यटन व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगेको थियो । तर, कोरोना महामारीले त्यो आगमन शुन्यमा झरेकोमा अहिले बढेर १५ प्रतिशत हाराहारीमा उक्लेको छ । व्यवसायलाई चलायमान बनाउने हो भने आगमन बढाएर पहिलेकै आकारमा पु¥याउन जरुरी छ । तर, व्यवसाय चलायमान बनाउने गरि पाहुनालाई पोखरामा आकर्षण गर्न अहिले कुनै प्याकेज वा कार्यक्रम तय भएका छैनन । आन्तरिक पर्यटकलाई पोखरा घुम्न आउ मात्र भनिएको छ, तर, दिने के भन्ने निश्चित छैन ।  

पश्चिमाञ्चल होटल संघका सह–कोषाध्यक्ष समेत रहेका माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘आन्तरिक पर्यटकलाई पोखरा आउ भनेर मात्र आउँदैनन् । पाहुना तान्नेगरि हामीले नै प्याकेज दिन सकिएको छैन । एउटा होटल वा रेस्टुरेन्टले दिएको प्याकेजले प्रयाप्त हुँदैन ।’ व्यवसायीले मात्र नभई प्रदेश सरकार वा स्थानीय तहले पनि त्यो खालको प्याकेज दिन नसकेको उनले बताए । सरकारले दुईदिन छुट्टी दिएर कर्मचारीलाई घुम्न पठाउने भनेर घोषणा गरेर पनि लागु नगरेको तथा प्रदेश सरकारले विभिन्न प्रदेशमा गएर प्रवद्र्धन गरेपनि निरन्तरता नदिएको उनले बताए । ‘व्यवसायीका तर्फबाट दिएको छुटको बारेमा पनि नियमितजसो सन्देश पुगेन । एकपटक छुट घोषणा गर्छाै, तर, त्यसको निरन्तरताबारे मौन रह्यौ,’ भट्टराइले भने, ‘कार्यक्रम वा छुट एकपटक घोषणा गरेर मात्र हुँदैन, त्यसको निरन्तर जानकारी दिनुपर्छ । त्यसमा हामी चुकेकै हौ ।’  

विदेशी पाहुना आउन अझै कम्तिमा एकवर्ष लाग्ने भएकोले पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने आन्तरिक पाहुना नभई नहुने उनले बताए । ‘पोखराले दिने छुटको बारेमा पाहुनाले थाहै पाएनन् । निरन्तर रुपमा जानकारी दिनुपर्नेमा व्यवसायी पनि चुकेका छन,’ उनले भने, ‘कम्तिमा पाहुनाले त थाहा पाउनुपर्छ । तर, हामीले एकपटक सुचना दिएर वर्षदिनसम्म चुप बस्यौं ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई हरेकवर्ष पोखरामा आन्तरिक पाहुनाको आगमन बढ्दो रहेपनि त्यो आगमन अनुसार कार्यक्रम पस्कन नसकेको बताउँछन् । ‘प्रदेश सरकारले पनि चर्चा मात्र ग¥यो, कार्यन्वयन भएन, त्यस्तै होटल, ट्राभल लगायका व्यवसायिक संस्थाले पनि प्याकेज पस्केका छन । तर, एकीकृत रुपमा प्याकेज नआएकै हो,’ परिषद् अध्यक्ष भट्टराईले भने, ‘सस्तो लोकप्रियताका लागि प्याकेज घोषणा गरेका छौ । त्यसको निरन्तरतामा ध्यान दिएका छैनौ ।’ निश्चित समय तोकेर प्याकेज घोषणा गरेर बेलाबेला प्रचारप्रसार गर्नुपर्ने उनले बताए । अध्यक्ष भट्टराइले आन्तरिक पर्यटनकै भरमा अहिले व्यवसाय धानिनु परेकोले अझै कम्तिमा ६ महिनाका लागि भनेर विशेष प्याकेज ल्याउन पहल भईरहेको उनले बताए ।  

कोरोनाले थलिएको पर्यटन क्षेत्र ब्यूँताउने भनेर संघीय सरकारले सातैवटा प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गठन गरेको थियो । त्यही समितिका गण्डकी संयोजक अग्नी कँडेलले पोखराले बोलाउँदैमा पाहुना नआउने बताए । ‘अहिलेसम्म हामीले पोखरा घुम्न आउँ मात्र भनेका छौ । हामीले दिने कुरा बताएकै छैनौ,’ कँडेलले भने, ‘पाहुनाका लागि केही कार्यक्रम त पस्केका छौ । तर, त्यो प्रयाप्त छैन ।’ कँडेलका अनुसार विभिन्न व्यवसायिक संस्थाले पूर्व–पश्चिमका सहरमा गएर प्रवद्र्धनात्मक गतिविधि गरेपनि ती सबै एकैखालका छन् । वर्षेनी गरिने ती गतिविधि एकै प्रकृतिका छन, जसले पाहुनाको हिडडुलमा उत्तिसारो आकर्षण थप्न सकेका छैनन् ।

आन्तरिक पाहुनालाई पोखरा घुम्नै जानुपर्नेगरि आकर्षक कार्यक्रम दिन नसकेको उनले पनि बताए । ‘अहिलेको फुर्सदको समयलाई पनि हामीले उपयोग गर्न सकेनौ । व्यवसायी यो बेला फुर्सदमा छन् । तर, प्याकेज ल्याउने, कार्यक्रम तय गर्नमा चुकेकै छौ,’ उनले भने, ‘अहिले बाच्नुपर्ने अवस्था आएकोले बाच्नकै लागि पनि प्रयाप्त काम भएका छैनन् । व्यवसायी आफै कठिन अवस्थामा रहेकोले पनि आवश्यकता परे अनुसार जुट्न नसकिएको उनले बताए । ‘सरकारले डिटिआरसी बनायो, तर, त्यो अनुसार बजेट र कार्यक्रम दिन सकेन,’ कँडेलले भने, ‘बाहिरबाट हेर्दा ब्यापक जिम्मेवारी पाएजस्तो देखिन्छ । तर त्यो अनुसार हुन सकेको छैन ।’

प्रकाशित: २ चैत्र २०७७ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App