२८ वैशाख २०८३ सोमबार
image/svg+xml
अर्थ

नेपाललाई विश्व बैंकको साढे ८ अर्ब

काठमाडौं - विश्व बैंक समूहले नेपाललाई ९ करोड ९० लाख अमेरिकी डलर (८ अर्ब ६७ करोड २४ लाख रुपैयाँ) बराबरको अनुदान तथा ऋण सहायता दिने भएको छ। 
यसबारे नेपाल र विश्व बैंक समूहबीच बिहीबार अर्थ मन्त्रालयमा सम्झौता भएको छ। समूहले नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना सञ्चालनका लागि उक्त रकम दिने घोषणा गरेको हो। कूल सहयोगमध्ये २ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ अनुदान र ६ अर्ब ३० करोड ७२ लाख रुपैयाँ ऋण हो।सहायता रकम सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी र विश्व बैंकको नेपालस्थित आवासीय प्रबन्धक ताहसिन सैयदले हस्ताक्षर गरे। 
यो परियोजनाको उद्देश्य द्विपक्षीय व्यापारका लागि दुई देशबीचको आवागमन समय र सहयोग सामग्री लागत घटाउनु हो। यसबाट काठमाडौं–कोलकाता पारवहन व्यापार सहजीकरण हुने तथा मुख्य पूर्वाधारका समस्या कम हुने समूहले जनाएको छ। 
समूहका अनुसार परियोजनाले यातायातलाई र पारवहन व्यवस्थापनलाई आधुनिक बनाउन, नेपालमा व्यापारसम्बद्ध संस्थागत क्षमता वृद्धि र पूर्वाधार सुधार गर्न सहयोग गर्नेछ। सहायता रकम नारायणघाट–मुग्लिङ सडक खण्डलाई एसियाली राजममार्ग स्तरको बनाउन स्तरोन्नति र विस्तार गर्नका लागि पनि उपयोग गरिने छ। 
त्यसै गरी वीरगन्ज–काठमाडौं करिडोर, काठमाडौंमा कन्टेनर फ्रेट स्टेसन र कन्टेनर डिपो सुधार, व्यापारसम्बद्ध प्रयोगशाला सुधार तथा द्विपक्षीय संयुक्त प्रमाणपत्र पहिचान गर्न पनि सहयोग रकम उपयोग गरिने छ।

प्रकाशित: २७ असार २०७० २२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App