१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाइने

घर र गाडी कर्जाका लागि लिइएको लोनमा अब बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाउन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो।  

राष्ट्र बैंकको यो निर्देशनसँग गाडी तथा घर खरिदका लागि ऋण लिएकाहरुलाई केही राहत मिलेको छ। यो सँगै ग्राहकले ऋण लिँदाको समय कायम ब्याजदर नै उनीहरुले तिर्ने छन्। यस अघि बैंकहरुले बेला बेला ब्याजदरमा परीवर्तन गर्दै आएका थिए।

 

प्रकाशित: २३ भाद्र २०७७ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App