१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उन्नतजातको बोका र थुमा पाउँदा किसान उत्साहित

जुम्ला हिमा गाउँपालिका ६ का उम्म रावतले उन्नत जातको बोका पाए । स्थानीय जातको भेडापालिरहेका उनलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । त्यो धोको उनको पुरा भएको छ । उनी भन्छन्,‘भेडापालनलाई पनि उन्नत बनाउदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो । व्यवसायीक रुपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ त्यो वयरबोकाबाट उन्नतजातका भेडा उत्पादन हुनेछन् ।

उम्म रावत उदाहरण मात्र हुन् । उनी जस्तै जिल्लाका तीन स्थानीय तहका ८ जना किसानले उन्नतजातको बोका तथा थुमा पाएका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरमा लामो समयदेखि पालिरहेका अस्ट्रेलियन जातका भेडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो । जिल्लाको तातोपानी गाउँपालिकाका २, हिमाका एक र तिलाका पाँच जना किसानलाई उन्नत जातको बोका तथा थुमा दिइएको हो ।

यो भेडा पालनले किसानलाई फाइदा हुने स्थानीय बताउँछन् । यो एक भेडा एक क्वीन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । उन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । उनबाट विभिन्न सामाग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकोले किसानलाई बोका र थुमा दिईएको हो ।

किसानलाई चारवटा बोका तथा चारवटा थुमा बाँडिएको हो । बोका र थुमा गरेर झण्डै पाँच लाख रुपैयाँमा खरिद गरिएको हो । तल्लो क्षेत्रमा वयरबोका दिइएकोमा माथिल्लो क्षेत्रमा थुमा दिइएको हो । तिला १ का भिमबहादुर रावत भन्छन्,‘उन्नतजातको भेडा बोकाले किसानलाई उत्साहित बनाएको छ ।

अनुकुलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले किसानलाई उन्नत जातका भेडा उपलब्ध गराएको हो ।

जुम्ला भेडापालनमा प्रचुर संभावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धी भएन । किसान भिमबहादुर भन्छन्,‘ उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नत जातको भेडापालन प्रति किसान आकर्षित भइरहेका छन् ।’

दसँैतिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ ।

प्रकाशित: १६ श्रावण २०७७ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App