१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

अमेरिकाको नास्डाक स्टक एक्स्चेन्जमा सूचिकरणको तयारीमा सगुन

नेशनल एसोसिएसन अफ सेक्युरिटी डिलर्स अटोमेटेड कोटेसशन अर्थात अमेरिकी सेयर बजारमा चिनिने नाम नास्डाक। विश्वकै ठूलोमध्येको न्युयोर्क केन्द्रीत सेयर बजार हो यो। बजार पूँजीकरणको हिसावले विश्वको दोस्रो ठूलो बजारमा पर्छ नास्डाक। विश्वका झण्डै ३ हजार ३ सय कम्पनी सूचिकृत भएको नास्डाकको बजार पूँजीकरण १० खर्ब डलरभन्दा बढी छ। एप्पल, माइक्रोसफ्ट, अमेजन, फेसबुक, अल्फाबेट (गुगल) जस्ता जाइन्ट कम्पनीहरु सूचिकृत भएको नास्डाकमा गैरआवासीय नेपालीहरु संस्थापक रहेको एउटा कम्पनी सूचिकृत भएको एक छिन कल्पना गरौं त।

अहिले ग्लोबल मार्केटमा मिनी आइपिओ जारी गरिरहेको Sagoon Inc.  फूल आइपिओ जारी गरेर नास्डाकमा सूचिकृत हुने योजनाका साथ अगाडि बढिरहेको छ।  

सगुनले अमेरिकी जब्स एक्टको रेगुलेशन ए प्लस अनुसार दुइ चरणामा मिनी आइपिओ निस्कासन गरीसकेको छ। अमेरिकी धितोपत्रसम्बन्धी नयाँ कानुनको यस प्रावधानअनुसार आम नागरिकले निजी रुपमा लगानी गरिएका कम्पनीहरुमा ती कम्पनीहरुको शेयर सार्वजनिक रुपमा कारोबार हुनु अगाडि लगानी गर्न पाउँछन्। शेयर निष्कासनअघिको अवस्थामा वृद्धिदर धेरै हुन्छ। त्यसैले अगाडि लगानी गर्न पाउने लगानीकर्ताहरुले पछि लगानी गर्न पाउने लगानीकर्ताभन्दा बढी प्रतिफल पाउँछन्।  

गैरआवासीय नेपालीले स्थापना गरेको अमेरिकी स्टार्ट अप इकमर्स कम्पनी Sagoon मा लगानी गर्नेहरुको सम्पत्ति कम्पनीको मूल्यांकनसँगै गुणात्मक रुपले बढिरहेको छ। यसका प्रयोगकर्ता पनि तीब्र रुपमा बढिरहेको सगुनका संस्थापक गोविन्द गिरी बताउँछन्। सगुन सन् २०१४ मा स्थापना हुँदा यसका युजर २० हजार जना थिए। त्यतिखेर यसको मूल्यांकन २० लाख डलर बराबर थियो। त्यसको २ बर्षपछि सन् २०१६ मा यसका प्रयोगकर्ता ६ लाख ३२ हजार पुगे। त्यतिखेर मूल्यांकनकर्ताले यसको कुल सम्पत्तिको मूल्यांकन १ करोड ५० लाख डलर गरेका थिए। सन् २०१८ मा आउँदा यसका प्रयोगकर्ता २३ लाख नाघे। त्यतिखेर स्वतन्त्र मूल्यांकनकर्ताले यसको कुल सम्पत्तिको मूल्यांकन ९ करोड ३० लाख डलर पुगेको थियो। दोस्रो चरणको मिनी आइपिओ जारी गर्ने बेला अहिले कम्पनीको सम्पत्ति १ अर्ब २६ करोड डलर पुगेको सस्थापक गिरी बताउँछन्। उनका अनुसार अहिले Sagoon का युजरको संख्या ५६ लाख नाघेका छन्। युजरको संख्या बढेसँगै कम्पनीको मूल्यांकन बृद्धि हुँदै जान्छ, गिरी भन्छन्। सगुनको मूल्यांकन अमेरिकाको चर्चित मूल्यांकनकर्ता कम्पनी स्कलर (Scalar) ले गरेका हो।  

सगुनले अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (SEC) को अनुमति लिएर मिनी आइपिओ निस्कासन गरेको छ। SEC (एसइसीले)Sagoon (सगुन) लाई उसले आम लगानीकर्तालाई उपलब्ध गराएको जानकारीपत्रमा उल्लेख भए बमोजिम हुने गरी शेयर निष्कासन गर्न अनुमति दिएको हो। यसलाई अर्को तरिकाले बुझ्दा सगुनले तपाईंलाई शेयर बेच्न कानुनी रुपमा उपलब्ध गराउनुपर्ने जानकारीहरु उपलब्ध गराएको तथा नियमनकारी प्रावधानहरु पूरा गरेको भन्ने हो। (SEC) एसइसीले कम्पनीको आर्थिक अबस्था पारदर्शीता, यसका संस्थापक र कार्यकारी संचालकहरुको हरुको पृष्ठभूमि, कम्पनीको विस्तारलगायतका कुराहरु हेरेर मात्र अनुमति दिन्छ।  

सगुनले सन् २०२३ सम्मा फूल आइपिओमा जाने लक्ष लिएको संस्थापक गिरी बताउँछन्। यसका लागि सगुनले प्रक्रिया सुरु गरिसकेको छ। पूर्ण आइपिओमा जान SEC एसइसीबाट अनुमति लिनु पर्छ। त्यसका लागि आवश्यक कागजात पेश गरेर, एसइसीले अनुगमन, मूल्यांकन गरेर अनुमति दिने प्रक्रिया पूरा गर्न ६ देखि ९ महिना लाग्छ। त्यसपछि बैंकहरुले सेयरको प्रत्याभूति (अन्डरराइटिंग) को जिम्मेवारी लिन्छन्। अमेरिकामा चर्चित मोर्गान, बैंक अफ अमेरिकालगायतका बैंकसँग सगुनले अन्डरराइटिंगका लागि कुरा गरिरहेको गिरी बताउँछन्।  

कम्पनीले आइपिओ जारी गरेपछि नास्डाकलगायतका स्टक एक्स्चेन्जमा सूचिकृत हुन पनि समय लाग्छ। नास्डाकमा सूचिकृत हुनमात्रै ३० हजार डलर शुल्क तिर्नुपर्छ। सगुनले कम्पनीको मूल्यांकन १ अर्बदेखि ५ अर्ब डलर पूगेपछि फूल आइपिओ निस्कासन गर्ने लक्ष लिएको संस्थापक गिरी बताउँछन्। कुनै पनि कम्पनीको बजारमा कारोबार हुन स्टक एक्स्चेन्जमा दर्ता हुनु पर्छ।  

अहिले मिनी आइपिओमा किनेको सेयर बजारमा बेच्न सकिँदैन। तर ब्यक्तिगत रुपमा सहमतिमा कम्पनीको बढेको मूल्यांकन अनुसार सेयर हस्तान्तरण गर्न भने सकिन्छ। अहिले किनेको सेयर स्टक एक्स्चेन्जमा सूचिकृत भएपछि महंगो मूल्यमा बेच्न सकिन्छ।  

 

 

प्रकाशित: ६ श्रावण २०७७ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App