coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मेलम्ची सुरुङ दुर्घटना अध्ययन गर्न टोली

खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको सुरुङ परीक्षणको क्रममा भएको दुर्घटनाको अध्ययन गर्न मन्त्रालयको सहसचिवको संयोजकत्वमा विज्ञसहितको प्राविधिक टोली गठन गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिमा मंगलबारको घटनाबारे अध्ययन गर्न सहसचिवको संयोजकत्वमा विज्ञसहितको प्राविधिक टोली गठन भएको उल्लेख छ ।

मन्त्रालयले सुरक्षाका सम्पूर्ण प्रावधान अपनाउँदा अपनाउँदै भएको आकस्मिक दुर्घटनाबाट स्तब्ध भएको जनाएको छ । दुर्घटनामा परेर हराइरहेका इन्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । बाँकी दुई इन्जिनियरको काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको छ ।

‘मंगलबार मध्याह्न १२ बजेको समयमा सुरुङ निरीक्षण गर्न आयोजना तथा निर्माण व्यवसायीका इन्जिनियर एवं प्राविधिकहरू अम्बाथान प्रवेश मार्ग हुँदै बा १ झ ८७६४ नम्बरको सवारी साधनबाट गेट नम्बर १७ नजिक पुगेको बेला गेटको ढोका अकस्मात खुल्न गई ठूलो परिणामको पानी एकैसाथ प्रवाह भएर दुर्घटना भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

सो दुर्घटनामा मेलम्ची आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले आयोजनाको गेटमा भएको दुर्घटनाको विषयमा  

मन्त्रालयले छानबिन समिति गठन गरेको बताए । ‘के कारणले दुर्घटना भयो भन्ने विषयमा अध्ययन गर्न विज्ञ समिति गठन भएको छ,’ उनले भने, ‘दुर्घटनापछि उद्दार र अन्य कार्यमा सक्रिय भएकाले अहिलेसम्म कारण खुल्न सकेको छैन ।’ आयोजनाले गत असार २१ गतेदेखि सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेको थियो । 

प्रकाशित: १ श्रावण २०७७ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App