पोखरा र आसपासमा धेरै ट्रेल (गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ। समूहले टे«ल रेस सिरिजको नाम दिदैं संरक्षण र प्रवद्र्धन अभियानमा आफनो पाईलालाई वर्षेनी चलाउँदै आएको छ।
तयारीकै संघारमा रहँदा कोभिड–१९ को महामारीले रोकियो ट्रेल रेस। चैतको अन्तिम साता आयोजनासहित टे«ल रेस रोकिदाँ धावकहरुको गोडा एक्कासी रोकियो। उकाली ओराली ग्रामीण गोरेटोमा दौडिदैं पर्यटन प्रवद्र्धन गर्नमा जुटदै आएको थियो। ‘नेपाली मौलिकट्रेललाई पर्यटनसँग जोड्ने अभियान अन्तर्गत वर्षेनी ट्रेल रेस गर्दै आएका छौं–सिरिजका अध्यक्ष विकास गुरुङले भने–‘कोभिड–१९ सँगै शुरु भएको लडकडाउनले सबै ठप्पै छ। रेस पनि रोकिएको छ। धावकका गोडाहरुपनि रोकिएका छन्।’ रेस आफैंमा सकसपूर्ण छ। ७ महिना रोकियो।
ट्रेलरेस प्रतिको चासो अहिले बढ्दै गएको छ। स्थानीय युवाहरुको सक्रियता छ। त्यतिमात्रै नभई काठमाडौंको ट्रेल रेस सिरिजले पनि पोखरामा रेस गर्न आवश्यक अध्ययनसहित तयारी गरेको उनी बताउँछन्। ‘हामीले मात्रै होईन् काठमाडौंको टोलीले समेत रेस गर्न अध्ययन गरिरहेको छ।’ उनले भने–‘जुन ट्रेलमा हामीले दौडायौं, त्यसैमा उनीहरुले दौडाउने योजना छ। लकडाउन सकिएपछि सायद काठमाडौंको टिम पोखरा आईपुग्छ।’
२०७४ सालमा पोखरा टे«ल रेस सिरिजको स्थापना भएको हो। संस्थाले दुईवर्षमा ५ वटा रेस गरिसक्यो। रेस सबै आफन्ै बलबुतामा। आर्थिक सहयोग स्वयंसेवक तथा शुभचिन्तकबाट जुटाउँदै पाँचवटा रेस गरिएको अध्यक्ष गुरुङले बताए। ‘शुरुमा काहुँ रेस(१३ कि.मी) आयोजना गर्यौं’ उनले भने–‘त्यतिबेला अल्ट्रारेस धाविका मिरा राईबाट उदघाटन गर्यौं।’ त्यसपछि रानीबन रेस( २० कि.मी),सराङकोट–मेथ्लाङ रेस(२५ कि.मी), पन्चासे रेस(५५ कि.मी) र धान रेस (७ कि.मी) आयोजना गरिएको उनले जानकारी दिए।
दौडमा स्वदेशी मात्रै नभई विदेशी धावकले चासो दिएका थिए। तर अहिले विषम परिस्थितिकै कारण चाहना राख्दै आउन चाहनेपनि रोकिन पुगे। लकडाउन खुलेपछि ५५ कि.मीको पन्चासे रेस शुरु गर्ने योजना रहेको उनले सुनाए। नयाँ रुटको रुपमा निर्मलपोखरी दौडाउने अवधारणा अघिसारेका छन्। ‘ताल टु तालको अवधारणा समेत बनाइएको छ।’ उनले भने–‘यसले नयाँ पर्यटन पदयात्राको खाका कोर्ने छ।’ रुट खोज्दै त्यसलाई मार्किङ गर्नुपर्ने अवस्थाले समय धेरै खर्चिलो हुने उनको भनाई थियो। लेखनाथ क्षेत्रको रोयल ट्रेकलाई समेत ट्रेल रेसको रुट बनाउने तर्फ समेत संस्थाले चासो देखाएको उनले बताए।
उनका अनुसार रेस आयोजना गर्दा स्वयंसेवक तथा शुभचिन्तकबाट आर्थिक सहयोग जुटाउँदै आउँदा समस्या परेको छ। ‘सधैभरी शुभचिन्तकबाटै सहयोग जुटाएर रेस आयोजना गर्न कठिनाई छ। त्यसैले दिगो प्रायोजन भेटिए अझ रेसलाई अझ प्रभावकारी बनाउने थियौं।’ उनको भनाई थियो। एउटा ट्रेल रेस गर्न थोरैमा ३ लाख रुपैयाँ खर्च हुन्छ। पुरस्कार रकम राख्दा ५ लाख भन्दा बढी खर्च हुन्छ। वर्षमा चारवटा रेस गर्दै आएको अवस्थामा खर्चिलो भएको अध्यक्ष गुरुङको भनाई छ।
प्रकाशित: ३१ असार २०७७ ०७:५२ बुधबार





