१५ चैत्र २०८० बिहीबार
अर्थ

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई पाँचलाख  सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।  

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षतिभएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बताएका छन्।  

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्यक्षेत्रमां टेवा पुर्याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पुर्याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केही हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तर दायित्वलाई सधैं आफ्नो उच्च प्राथमिकता दिंदै जानेछ ।

प्रकाशित: ३० असार २०७७ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App