६ चैत्र २०८० मंगलबार
अर्थ

जुम्ला बजार बिहान ६ देखि दिउँसो ४ बजे सम्म खुल्ने

कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार विहान ६ बजे देखि दिउँसो ४ बजे सम्म बजार खुलाइने भएको छ । तर व्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाले लामो समय देखि बन्द रहेको खलंगा बजार खुलाउनको लागि विभिन्न दश वटा सर्त पालना गर्न व्यापारीलाई आग्रह गरेको छ  । संभावित कोराना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।    

प्रत्येक पसलले अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । दुई मिटरको दुरीमा गोलो घेराको व्यवस्था गर्र्ने, पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ ।  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दुई मिटरको भौतिक तथा सामाजिक दुरी कायम अनिवार्य गर्नुपर्ने बताए । प्रत्येक पसलले अनिवार्य रुपमा मुल्यसुचि टाँस्नु पर्नेछ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ लकडाउनको अवसर पारेर कुनै पनि ग्राहकलाई ठग्न पाइनेछैन् ।’

बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइदैन्,थापाले भने,‘प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’ मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिनेछ् ।’ पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको छ ।

स्थानीय प्रशासनले तोकेको सर्त पुरा नगर्ने व्यवसायीका संक्रमित ऐन अनुसार कार्वाही गरिनेछ । यस्तै होटल,रेष्टुरेण्ट लगायत खाजा नास्ता पसलहरु (होम प्याक बाहेक)सैलुन तथा ब्युटिपार्लर समेत पुर्ण रुपमा बन्द हुनेछन् । निजी सवारी साधन सञ्चालनका लागि जोरबिजोर प्रर्णाली पालना गर्नु पर्ने छ ।, कोभिड १९ संक्रमण फैलन नदिनको लागि असार १८ गतेदेखि जुम्ला खलंगामा निषेधाज्ञा जारी गरिएको थियो ।

उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा लामो समय देखि बजार खुलेकोमा व्यापारी व्यवसायी खुसि भएको प्रतिक्रिया दिए । लकडाउने व्यापारी, व्यवसायी निकै मारमा थिए । पटक पटक उद्योग वाण्ज्यि संघ जुम्लाको टोली प्रशासन कार्यालयमा पुगेर परामर्श गरेको थियो । प्रशासनले उद्योग वाणिज्य संघको मागलाई संवोधन गरेकोमा हार्दिक धन्यवाद दिन चाहान्छौँ ।  

उनले स्थानीय प्रशासनले तोकेका सबै सर्त अनिवार्य लागु गर्न लगाउने बताए । एक आपसमा व्यापारीलाई सचेत गरिसकेका छौँ । माइकिङ पनि गर्छौँ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रहेर बजार खुलाउछौँ, उनले भने । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार आगामी दिनमा परिस्थितीलाई मुल्यांकन गरेर बजार बन्द गर्ने या खोल्न सकिने अवस्था रहन सक्छ ।

प्रकाशित: २६ असार २०७७ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App