coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचिकरण सम्झौता

कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्वन्धी सम्झौता भएको छ।  १० दशमलव ३५ प्रतिशत ब्याजदरका २५ लाख कित्ता ‘एडिविएल कृषि बैंक ऋणपत्र २०८३’ को धितोपत्र सूचिकरणका लागि नेप्सेसँग सम्झौता भएको बैंकले जनाएको छ।  

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका छन्।  

उक्त हस्ताक्षर कार्यक्रममा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आई वि.एल एस क्यापिटलका सञ्चालन अधिकृत रामकुमार महत उपस्थित भएका थिए।  

राष्ट्र बैंकको निर्देशन बमोजिम विस २०७७ असार मसान्तभित्र चुक्ता पूँजीको २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नूपर्ने व्यवस्था अनुसार धितोपत्र सुचिकरणका लागि नेप्सेसँग सम्झौता गरेको बैंकले जनाएको छ। बैंकले धितोपत्र सूचिकरणका लागि सम्झौता गरेको ऋणपत्रको अंकत मूल्य १ हजार रुपैयाँ रहेको छ।  

 

 

 

 

प्रकाशित: २६ असार २०७७ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App