४ वैशाख २०८१ मंगलबार
अर्थ

सावाँ, ब्याज तिर्न अवधी थप गर्न एफएनसिसिआईको माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले बैंक वित्तीय संस्थालाई भुक्तानी गर्नूपर्नै साँवा र ब्याज भुक्तानीको अवधी थप गर्नूपर्नै माग अघि सारेको छ।  

महासंघले लकडाउनका कारण अधिकांस उद्योग सञ्चालन नभएका कारण मारमा परेको भन्दै बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय गर्दै ऋणीलाई सावाँ ब्याज बुझाउने समयावधी थप गर्न नेपाल राष्ट्र बंैकसँग आग्रह गरेको हो।  

महासंघले एक विज्ञप्ती जारी गर्दै बैँक वित्तीय संस्थावाट कर्जा लिई व्यापार, व्यवसायहरु पलायन हुने अवस्था आएकाले विस् २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तिय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन आग्रह गरेको हो।  

त्यसैगरी, ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न महासंघले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ।  

आगामी आर्थिक वर्षको मौद्रिक निती चालु आवको असार मसान्तभित्र सार्वजनिक गरी उद्योगी, व्यवसायीको समस्या सम्वोधन गर्न महासंघले माग अघि सारेको छ।  

करिब ८० दिनभन्दा बढी पूर्ण लकडाउन गरेपछि सरकारले असार १ गते पछि लकडाउनको स्वरूपमा केही परिवर्तन गरेपनि सार्वजनिक यातायात नचलेका कारण हालसम्म पनि अधिकांस उद्योग व्यवसाय पूर्ण रूपमा खूल्न नसकेको महासंघले जनाएको छ।

प्रकाशित: २५ असार २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App