१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार कम्पनीको कार्यालय ज्ञानेश्वरमा भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरेको कम्पनीले जनाएको छ।  

सभाले आव ०७५/०७६ को नाफाबाट कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पुँजी  १ अर्ब ५ करोड ६० लाखको ८.१२५ प्रतिशतले हुन आउने खुद  ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी, सो बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको इन्स्योरेन्सले जनाएको छ।  सो अवसरमा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेशराज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित भएका छन्। कम्पनीले गत आवमा १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।

प्रकाशित: २४ असार २०७७ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App