६ चैत्र २०८० मंगलबार
अर्थ

क्रिएसन र कोका—कोलाद्वारा दोस्रो चरणको राहत वितरण

क्रिएशनले कोका—कोला नेपालको सहकार्यमा चितवनमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।  सफाईकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड—१९ को प्रभावबाट सुरक्षित राख्न दोस्रो चरणको राहत तथा सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ।  

कम्पनीका अनसार उक्त राहत वितरण कार्यक्रम क्रिएशन र कोका—कोला नेपालको सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो। यस कार्यक्रमको लक्ष्य नेपालभरका ३ हाजार २ सय सफाईकर्मीलाई सहयोग तथा जीविकोपार्जनको रक्षा गर्ने रहेको छ।  

त्यसैगरी, आगामी साता उक्त टोलीले सप्तरी, सिराहा र पर्सा जिल्लामा अन्तिम चरणको राहत वितरण कार्यक्रमको तयारीमा लागेको छ।  

कम्पनीले चितवनमा गरेको दोस्रो चरणको वितरणमा ६ सय ४० सफाईकर्मीहरु लाभान्वित भएका छन्। कम्पनीले दोस्रो चरणको राहत वितरणमा ५ सय २७ प्याकेज खाद्यान्न, औषधी, जागरुकता सामग्रीहरु र ग्लभ्स, बुट र पीपीई लगायत १ सय १७ सुरक्षा सामग्रीहरु वितरण गरेको जनाएको छ।  

रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीन सिटी वेस्ट म्यानेजमेन्टको सहयोगमा सम्पन्न उक्त राहत वितरण कार्यक्रमहरु रत्ननगर र भरतपुरका १५ स्थानहरुमा आयोजना गरेको कम्पनीले जनाएको छ।  सो अवसरमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले कोभिड—१९ को बढ्दो जोखिमसंगै नागरिक समाज संगठन, व्यक्तिहरु, फोहोर संकलन कम्पनीहरु, विकास एजेन्सीहरु र सरकारको संयुक्त प्रयास भएकाले फोहोर व्यवस्थापन क्षेत्रका लागि पहिला भन्दा अझ बढि आवश्यक रहेको बताए।  

त्यसैगरी, सोही अवसरमाकोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले सफाईकर्मी समुदायले यस कठिन समयमा सेवा पुर्एको भन्दै प्रशंसा गरे।  

सफाईकर्मी इमर्जेन्सी रिलिफप्रोजेक्ट जेठ २ गतेबाट शुरु भएको थियो। कम्पनीले हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न गरि २ हजार ३ सय भन्दा बढि सफाईकर्मीहरु प्रत्यक्ष लाभान्वित भइसकेका छन्।  

यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरेको कम्पनीले जनाएको छ। सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभसँगको संयुक्त साझेदारी हो जसले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुको विवरण प्रदान गरेर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गर्दै आएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: २४ असार २०७७ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App