१५ चैत्र २०८० बिहीबार
अर्थ

लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।  

समितीका अनुसार हाल जीवन तथा निर्जीवन बीमा कम्पनीका करिब १० हजार जना कर्मचारी कार्यरत छन् भने लकडाउनका कारण आम्दानीका श्रोत खुम्चीदै गएपछि खर्च कटौती गर्न बीमा कम्पनीहरुले ३ सय ३० जना कर्मचारी कटौति गरेका छन् ।  

कोभिड–१९ का कारण खर्च घटाउने उदेश्यले कर्मचारी हटाउँन सूरु गरेका सबै बीमा कम्पनीलाई नयाँ व्यवस्था गरी कर्मचारी नहटाउन निर्दैशन दिएको कार्यकारी निर्देशक पौडेलले बताए ।  

नयाँ व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले खर्च कम गर्न यसअघि सञ्चालनमा आएका शाखा कार्यालय वन्द गर्न बाटो खुलेको छ । नियामक निकाय बीमा समितीले सम्पूर्ण बीमा कम्पनीलाई खर्च कम गर्न शाखा कार्यालय वन्द वा मर्ज गर्न सक्ने व्यवस्था गरेको छ । 

अहिलेको परिस्थितिमा कम्पनीलाई परेको समस्या समाधानका लागि कर्मचारी कटौति गर्नै निर्णय उचित नभएको भन्दै समितीले सबै बीमा कम्पनीलाई निर्दैशन दिएको उनले बताए ।  

जीवन तथा निर्जीवन बीमा कम्पनीले शाखा स्थानान्तरण तथा एक अर्कामा गाभ्ने योजनामा रहेका छन् । चुक्ताँ पूँजी वृद्धिको मारमा परेका बीमा कम्पनीले बन्दाबन्दी अघि एक अर्कामा गाभिएपनि हाल यसअघि सञ्चालनमा आएका शाखा कार्यालय वन्द गर्न सुरु गरेका छन् ।  

लकडाउनका कारण समस्यामा परेका कम्पनीलाई शाखा बन्द वा एक अर्कामा गाभ्न अनुमति दिएको समितिले जनाएको छ । समितीका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ३९ वटा जीवन र निर्जीवन बीमा कम्पनीमा १०  हजार २ सय ३८ जना कर्मचारी कार्यरत छन् भने सो अवधीमा शाखा कार्याालयको संख्या २ हजार ७ सय ५२ पुगेको छ ।  

समितीका अनुुसार सो अवधीसम्म जीवन बीमा कम्पनीमा ५ हजार ४ सय ४८ जना र निर्जीवजन बीमा कम्पनीमा ४ हजार ७ सय ९० जना कर्मचारी कार्यरत छन् ।  

त्यसैगरी, चालु आवको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीका शाखा कार्यालयको संख्या १ हजार ८ सय ५४ रहेको छ भने निर्जीवन बीमा कम्पनीको ८ सय ९८ शाखा कार्यालय सञ्चालनमा छन् ।  

समितीका अनुसार लकडाउन सुरु भएपछि निर्जीवन बीमा कम्पनीका १८ वटा शाखा बन्द गरी सो अवधीमा २ सय ७ जना कर्मचारी कटौती गरेका छन् ।  

सो अवधीमा सबैभन्दा बढी जनरल इन्स्योरेन्सले ६८ जना कर्मचारी कटौती गरेको छ भने नेको इन्स्योरेन्सले २३ जना, एभरेष्ट इन्स्योरेन्सले  २५ जना र प्रुरुडेन्सियल इन्स्योरेन्सले २० जना कर्मचारी कटौती गरेका छन् । सो अवधीमा आइएमई जनरल इन्स्योरेन्सले १७ जना, नेपाल इन्स्योरेन्स कम्पनीले ९ जना र सगरमाथा इन्स्योरेन्सले ७ जना कर्मचारी कटौती गरेका छन् ।  

सोे अवधीमा एनएलजी इन्स्योरेन्सले ५ जना, युनाइटेड इन्स्योरेन्सले ५ जना र लुम्बिनी जनरल इन्स्योरेन्सले ३ जना कर्मचारी कटौती गरेका छन् । समितीका अनुसार सो अधवीमा अजोड इन्स्योरेन्सले ३ जना, शिखर इन्स्योरेन्सले २ जना, हिमालयन जनरल इन्स्योरेन्सले २ जना र सिद्धार्थ इन्स्योरेन्सले १ जना कर्मचारी कटौती गरेका छन् ।  

सो अवधीमा ओरियन्टल इन्स्योरेन्सले १ जना कर्मचारी कटौती गरको समितीले जनाएको छ । त्यसैगरी, सो अवधीमा जीवन बीमा कम्पनीहरुले १ सय २३ जना कार्यरत कर्मचारी कटौती गरेका छन् ।  

समितीका अनुसार कर्मचारी कटौती गर्नैमा राष्ट्रिय बीमा संस्थानले २६ जना, आइएमई लाइफ इन्स्योरेन्सले २६ जना र सानिमा लाइफ इन्स्योरेन्सले ११ जना कर्मचारी कटौती गरेका छन् ।  

सिटिजन लाइफ इन्स्योरेन्सले ६ जना, ज्योति लाइफ इन्स्योरेन्सले ६ जना र एशियन लाइफ इन्स्योरेन्सले ५ जना कर्मचारी कटौती गरेको समितीले जनाएको छ । समितीका अनुसार सुर्या लाइफ इन्स्योरेन्सले ४ जना, महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ जना र नेपाल लाइफ इन्स्योरेन्सले ३ जना कर्मचारी कटौती गरेका छन् ।  

रिलाइन्स लाइफ इन्स्योरेन्सले ३ जना, नेशनल लाइफ इन्स्योरेन्सले २ जना, युनियन लाइफ इन्स्योरेन्सले २ जना र प्रभु लाइफ इन्स्योरेन्सले २ जना, कर्मचारी कटौती गरेको समितीले जनाएको छ ।  

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाले यसअघि सञ्चालनमा आएका अनावश्यक शाखा कार्यालय वन्द गर्न पाउँनु पर्नै भन्दै नेपाल राष्ट्र बंैकलाई सुझाव दिएको थियो । आगामी आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नितीमार्फत उक्त  समस्या सम्वोधन हुनुपर्नै माग अघि सारेपनि राष्ट्र बंैकले यस विषयमा छलफल भईरहेको जनाएको छ ।

प्रकाशित: २२ असार २०७७ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App