२७ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकद्धारा एक महिनाको ब्याज मिनाहा

कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट सूरु गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको भन्दै गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ।  बैंकले यात्रुबाहक सवारी साधन खरिद गर्न कर्जा लिएका ऋणीलाई प्राथमिकतामा राख्दै एक महिनाको ब्याज छुट दिएको निर्णय गरेको जनाएको छ ।  

राष्ट्र बैंकले परिस्थिति असहज बन्दै गएको भन्दै सबै बैंक वित्तीय संस्थालाई वैशाख, जेठ र असार महिनाको ब्याजमा दुई प्रतिशत छुट दिन निर्देशन दिएकाबेला बैंकले असार महिनाको ब्याज पुरै छुट दिने निर्णय गरेको हो।  

बैंकले यात्रुबाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधनहरु बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जामा एक महिनाको ब्याज छुट दिने निर्णय गरेको जनाएको छ।

 

 

प्रकाशित: १७ असार २०७७ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App