१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

रासायनिक मलमा भन्सार वृद्धि गरिएको छैन : खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले कृषिमा प्रयोग गरिने रासायनिक मलको भन्सार दर वृद्धि नभएको बताएका छन् ।  आज जितेन्द्र नारायण देवले  राष्ट्रिय सभाको बैठकमा उठाएको प्रश्नको जवाफमा खतिवडाले कृषकले कृषिमा प्रयोग गर्ने रासायनिक मलको भन्सार दर नबढाइएको बताएका हुन् ।

उनले भने, ‘कृषकले कृषिमा प्रयोग गर्ने रासायनिक मलमा कुनै पनि भन्सार महसुल बढाइएको छैन ।” उनले औद्योगिक प्रयोजनका लागि उद्योगहरुले रसायनका रूपमा प्रयोग गर्ने रासायिनक वस्तुको मात्रै भन्सार दर बढाइएको जानकारी दिए ।

कृषि क्षेत्रको संरक्षण गर्न कर लगाइएको उनको भनाइ छ । उनले भने, ‘प्रतिस्पर्धात्मक बजारका कारण सरकारले अनुदान उपलब्ध गराएको छ । यो अनुदान छिमेकी मुलुकको तुलनामा त्यो लेभमा छैन पनि । क्रमशः अनुदान बढाइँदै छ । अनुदान प्रतिस्पर्धी तहमा नपुगेकाले भन्सारका दरबाट पनि कृषि क्षेत्रको संरक्षण गर्नुपर्ने हुन्छ ।’  

त्यस्तै, कतिपय कृषिजन्य वस्तुको भन्सारको दर समायोजन गरिएको उनको भनाइ छ ।

प्रकाशित: ८ असार २०७७ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App