१९ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

खोटाङको फापर पाथेकामा ‘एक वडा एक उत्पादन’

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा फापरलाई ‘एक वडा एक उत्पादन’ कारुपमा खेती गर्ने तयारी गरिएको छ। पछिल्लो समय लोपोन्मुख बन्दै गए पनि बजार माग बढ्दो रहेको फापरलाई ‘एक वडा एक उत्पादन’का रुपमा खेती गर्ने तयारी गरिएको हो। फापर खेतीका लागि योग्य जमिन भएकाले पाथेकालाई फापरको पकेट क्षेत्रकारुपमा विकार गर्ने तयारी गरिएको वडाध्यक्ष मुगाधन राईले बताए। आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित १० लाखको खर्चमा पाथेकामा फापर खेती विस्तार गर्न लागिएको हो। 

पाथेकामा फापरको बीउ संकलन गरेर किसानलाई वितरण गर्ने र उत्पादित फापरलाई बजारसम्म पु¥याएर किसानको आर्थिकस्तर उकास्ने लक्ष्य राखिएको छ। प्रायः साउन भदौमा छरिने फापर पुसमा पाक्ने गरेको वडाध्यक्ष राईले बताए। ‘यो ठाउँ फापर खेतीका लागि उर्वर भूमी हो, त्यस कारण वडालाई फापरको पकेट क्षेत्र बनाउने सोच बनाइएको हो,’ वडाध्यक्ष राईले भने, ‘फापरको राम्रो बजार भएकाले यसैमार्फत किसानको आर्थिक संवृद्धि प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।’ फापर खेती गर्ने प्रचलन हराउँदै गएकोबेला वडा कार्यालयले फापरलाई व्यवसायीकरुपमा लगाउने तयारी गरेको जनाएको छ ।  

जानकारका अनुशार तिते र मिठो प्रजातीको फापर हिमाली तथा पहाडी क्षेत्रमा लगाउन सकिन्छ । पहाडको बाँझो, रुखो, भीरालो वा खोरिया जग्गामा समेत सहजताकासाथ उत्पादन गर्न सकिने फापरको ढिँडो, रोटी जस्ता परिकारको माग बढ्दो छ । व्लडप्रेसर, सुगर, कव्जियत लगायतका स्वास्थ्य समस्या भएका व्यक्तीलाई फाईदा गर्ने भएकाले बजारमा फापरले राम्रो मूल्या पाउने गरेको छ । हाल शहर बजारमा तिते फापरको उच्च माग छ । लोपोन्मुख बनेको फापरको माग बढ्दो रहेका कारण सिंगो वडामा फापर खेती लगाउने निर्णय गरिएको पाथेकास्थित स्मार्ट कृषि फर्मका सञ्चालक बम बानियाँले बताए ।  

गाउँघरमा फापरको मुन्टा टिपेर तरकारीकारुपमा समेत खाने प्रचलन छ । पछिल्लो समय युवा पुस्ताले समेत फापरको परिकारलाई महत्व दिन थालेका छन् । गाउँघरको भाञ्छामा पाक्न छाडेका फापरका परिकार मेला, महोत्सवमा प्रदर्शनीमा मात्र देखिन थालेपछि वडाले फापर खेतीलाई पहिलो प्राथमिकतामा राखेको हो । वडा कार्यालय पाथेकाले आलुलाई दोश्रो र जौ खेतीलाई तेश्रो प्राथमिकतामा राखेको जनाएको छ । ‘हामी वडामा फापरको प्याकेजिङ, लेवलिङ गर्नेदेखि बजारसम्म पु¥याउनेगरी खेती गर्छौँ,’ बानियाँले भने, ‘फापर भन्ने वित्तिकै पाथेका सम्झने ठाउँ बनाउने हाम्रो लक्ष्य हो ।’ फापर, कागुनी, जुनेलो जस्ता अन्न लोपोन्मुख हुँदै जाँदा बुढापाका भने चिन्तित छन् ।  

प्रकाशित: ३ असार २०७७ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App