१ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

कर बढी चाहियो त्यही भएर बढ्यो : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ को महामारीका कारण विद्युतीय सवारी साधनमा कर बढाएको बताएका छन्।  बुधबार संसद्मा आगामी आवको बजेट पारित गर्नै क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले महामारीका कारण विद्युतीय गाडीमा कर बढाउन बाध्य भएको बताएका हुन्।  

मन्त्री खतिवडाले यसअघि विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सार शूल्क निर्धारण गरिएको थियो तर, कोभिड–१९ का कारण यतिवेला बढी राजस्व आवश्यक परेकाले कर बढाएको बताए।  

तर, विद्युतीय गाडिमा वृद्धि गरिएको करको दायरा दिर्घकालिन नभएकाले महामारी नियन्त्रण भएपछि आवश्कता अनुसार निर्णय परिवर्तन गरिने उनले बताए।  

त्यसैगरी, केही सांसदहरुले विद्युतीय गाडिमा कर बढाउनु अघि नै सूचना चुहावट गरेको आरोप लगाउँदै आएकोमा मन्त्री खतिवडाले जेठ १ गतेदेखी १४ गतेसम्म ७५ वटा गाडि आयात भएकोमा दुई गाडी मात्र भन्सार पास भएको जानकारी दिएका छन्।  

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App