१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायीको कोरोना बीमा

 बुटवल क्षेत्रका १९३  सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको  कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ।

संघका अध्यक्ष दीपककुमार विकले शिखर इन्सोरेन्समार्फत कुल  एक करोड ९३ लाख रुपैयाँ बराबरको बीमा गरिएको जानकारी दिए। कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा व्यवसायीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन्।

 बीमाको अवधि एक वर्ष  छ। संघले आफ्ना व्यवसायीको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जीवन रक्षाका उपाय अवलम्बन गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। संघले यसअघि सुनचाँदी पसलमा कार्यरत करीब दुई सय कालिगढलाई राहतस्वरुप खाद्य पदार्थ वितरण गरेको थियो।  

प्रकाशित: १६ जेष्ठ २०७७ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App