coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १४ अर्ब

काठमाडौं – निर्जीवन बिमा सेवा प्रदायक कम्पनीहरुले चालु आव ०७६/७७ को साउन मसान्तसम्म १४ अर्ब २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी पु-याएका छन्। हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बिमा कम्पनीले गत साउन मसान्तसम्ममा ३४ अर्ब २५ करोड २८ लाख रुपैयाँ लगानी गरेको बिमा समितिले जनाएको छ।

निर्जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएकाले कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन २०७५ असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

जसअनुसार अधिकांश कम्पनीले चुक्ता पुँजी पु-याइसकेका छन्। पुँजी कायम गर्न नसकेका कम्पनीले आइपिओ, हकप्रद र बोनस सेयर निष्कासन गरी चुक्ता पुँजी वृद्धि गर्ने योजना बनाएका छन्।

समितिका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म सबैभन्दा बढी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीको एक अर्ब १९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी छ। यो कम्पनीले सो अवधिमा एक अर्ब ९० करोड १६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

दोस्रो स्थानमा रहेको प्रभु इन्स्योरेन्सको एक अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले सो अवधिमा एक अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी, प्रिमियर इन्स्योरेन्सएक अर्ब सात करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी पु-याई तेस्रो स्थानमा छ। यो कम्पनीले चालु आवको साउन मसान्तसम्म दुई अर्ब ७० करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ।

चौथो स्थानमा रहेको शिखर इन्स्योरेन्सको एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले सो अवधिमा तीन अर्ब सात करोड ९६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

एभरेस्ट इन्स्योरेन्स कम्पनी एक अर्ब चार करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी पु-याई पाँचौं स्थानमा छ। यसले गत साउनसम्ममा एक अर्ब सात करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी, छैटौं स्थानमा रहेको आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब दुई करोड ६ लाख रुपैयाँ पुगेको छ। यसले एक अर्ब ५१ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ।

सातौं स्थानमा रहेको नेपाल इन्स्योरेन्सको एक अर्ब एक करोड ९१ लाख रुपैयाँ चुक्ता पुँजी छ। यसले एक अर्ब ८८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

समितिका अनुसार सगरमाथा इन्स्योरेन्सले एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी पु-याएको छ। यस कम्पनीले दुई अर्ब ३८ करोड ४० लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

नवौं स्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। यसको लगानी एक अर्ब ९७ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

दसौंं स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। यसले दुई अर्ब ४३ करोड १७ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

प्रकाशित: २७ आश्विन २०७६ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App