coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेटभन्दा ५० करोड खर्च बढी

विराटनगर – गत आर्थिक वर्षमा प्रदेश १ का मन्त्रालयहरुले बजेट खर्चको हिसाब दुरुस्त राख्न नसकेको देखिएको छ। वर्षको अन्तमा प्रदेशका मन्त्रालयहरूले पठाएको विवरणलाई जोड्दा गत वर्षको कुल बजेटभन्दा खर्च बढी  भएको देखिएको हो। बजेट खर्चको हिसाव नमिले पछि प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले सबै मन्त्रालयहरूलाई पुनः खर्चको वास्तविक विवरण पठाउन पत्राचार गरेको छ।

कोष कार्यालयका सूचना अधिकारी अन्तिमकुमार आचार्यका अनुसार मन्त्रालयहरूले पठाएको खर्चको विवरण प्रदेश बजेटको आकारभन्दा झन्डै ५० करोड रुपैया“ बढी छ। आचार्यका अनुसार प्रदेशको कुल बजेट ३५ अर्ब ९३ करोड रुपैया“ हो। मन्त्रालयहरूबाट प्राप्त विवरण जोड्दा ३६ अर्ब ४३ करोड १० लाख रुपैया“ पुगेको छ।

‘बजेटको आकारभन्दा मन्त्रालयहरूले पठाएको विवरण बढी देखिएपछि पुनः यकिन विवरण पठाउन मन्त्रालयलाई आग्रह गरिएको छ,’ सूचना अधिकारी आचार्यले भने।

मन्त्रालयहरूले प्राप्त भएको बजेट स्थानीय तहलाई निकासा दिए पनि मन्त्रालयको हिसाबबाट निकासा भएको रकम नघटाएका कारण गडबडी देखिएको हुन सक्ने आचार्यले अनुमान गरे। उनले भने, ‘मन्त्रालयहरूले स्थानीय तहलाई हस्तान्तरण गरेको रकम नघटाएका कारण ‘डुप्लिकेसन’ भएको हुन सक्छ।’ केही दिनभित्रै यकिन विवरण प्राप्त हुने आचार्यले दाबी गरे। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त विवरण अनुसार प्रदेश १ मा आव ०७५/७६ मा ५८.१५ प्रतिशत बजेट खर्च भएको छ।

प्रदेशमा चालु तर्फको कुल १७ अर्ब १८ करोड ९७ लाख बजेट मध्ये ९ अर्ब ८० करोड २७ लाख रुपैया“ खर्च भएको छ। यस्तै पू“जीगत तर्फ कुल १९ अर्ब १४ करोड ८९ लाख बजेट मध्ये ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार रुपैया“ खर्च भएको छ । अन्तिम बिबरण प्राप्त हु“दा प्रदेश १ को बजेट खर्च करिब ६० प्रतिशत हुने देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले  जनाएको छ। 

कार्यालयका अनुसार हाल ५० करोड रुपैया“ भन्दा बढी बजेट मिक्सम्याक्स भई कुल बजेटको आकार भन्दा धेरैको बिबरण प्राप्त भएको छ।  प्रदेश सरकारले खर्च गर्ने संयन्त्र नहु“दा चालु आर्थिक वर्षको ६ महिना भन्दा बढी समय सम्म पू“जीगत तर्फको बजेट खर्च हुन सकेको थिएन। ऐन कानुन र  संयन्त्र अभावमा  निक्कै ढीलो गरी बजेट कार्यान्वयनमा आएको थियो। त्यसपछि पनि कर्मचारी समायोजनका कारण प्रदेशको कामकाज प्रभावित बनेको थियो। ढीलो गरी बजेट कार्यान्वयनमा आएका कारण प्रदेश सरकारले  चालु आर्थिक वर्षको आठ महिनामा सा“ढे ११ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको थियो। ६ महिनामा ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश १ को सरकारले असार २६ गतेसम्ममा ४८ प्रतिशत बजेट खर्च गरेको तथ्यांक कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको  थियो। आर्थिक वर्षको अन्तिम पा“च  दिनमा प्रदेश सरकारले थप १० प्रतिशत बजेट खर्च गर्न सफल भएको छ।  प्रदेश सरकार गठन भएपछि पहिलो पटक गत वर्ष पूर्ण आकारको बजेट आएको थियो।

प्रकाशित: ६ श्रावण २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App