६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुनर्निर्माणका १९ प्राविधिक कारबाहीमा

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ। प्राधिकरणले पुनर्निर्माणमा खटिएका प्राविधिक गैरकानुनी कार्यमा संलग्नता भेट्टिएसँगै कारवाही गरेको हो।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर रहेका छन्। सवैभन्दा धेरै नुवाकोटमा कार्यरत ८ जना प्राविधिक रहेका छन्। काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन्। त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन्।

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो।ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको प्राधिकरणले जनाएको छ।  
 

प्रकाशित: १६ असार २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App