८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’

काठमाडौं – गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियरले फेरि एकपटक नेपाली राष्ट्रियताको मूलमन्त्र बोक्दै नयाँ क्याम्पेन सुरु गरेको छ।  

‘नेपाली पन, गोर्खालीमन’ थिम रहेको यो क्याम्पेन गत वर्षको ‘हामी गोर्खाली’ क्याम्पेनकै विस्तारित रुप रहेको कम्पनीले जनाएको छ। 

‘नेपाली पन, गोर्खाली मन’ ब्रान्डको आफ्नै प्रतिविम्ब हो, अर्थात् गोर्खा बियरको मान्यतालाई यसले सांकेतिक रुपमा दर्शाएको जारी विज्ञप्तिमा उल्लेख छ। 

विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्रान्डको रुपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ। नेपालीको व्यक्तित्वसँग मेल खाने विशेषता प्रयोग गरी ब्रान्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने क्याम्पेन तयार गरेको छ। यो एउटा त्यस्तो मञ्च हो, जसले यो विज्ञापन हेर्ने दर्शक र ब्रान्ड एक साथै नेपाली हुनुको भावना मनाउन सकिने जनाएको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App