२२ असार २०७७ सोमबार
अर्थ

मेवा तथा कुरिलोको व्यवसायीक खेती

रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ८ सोनरनियाका किसान रामेश्वर पंडित कुम्हारले आफनो जग्गामा लगाएको उन्नत जातको मेवा खेतीबाट मगन्य आम्दानी गरिरहेको देखाउदै किसान कुम्हार। तस्वीर : मदन/नागरिक

रौतहट - सुचना प्रविधिको मद्दतले खेती पनि गर्न सकिन्छ र ? भन्दा अचम्म लाग्न सक्छ, सुन्दा पत्यार लाग्दैन ? तर यो यथार्थ हो ? रौतहटको एकजना किसानले व्यवसायिक रुपमै मेवा र कुरिलो खेती गरेर प्रमाणित गरेर देखाइ दिएका छन्। सुचना प्रविधिको सही प्रयोग गरेर अरु किसानको लागि उनी अहिले यो क्षेत्रमा प्रेरणाका श्रोत बनेका छन्।

रौतहटको मौलापुर नगरपालिका ८ सोनरनियाका किसान रामेश्वर पण्डित कुम्हारले गत बर्ष इन्टरनेटको मद्दतले ‘युटूब’ बाट ज्ञान हासिल गरी व्यवसायीक रुपमा आफनो खेतमा १ विगहा मेवा र १२ कठा कुरीलो खेती सुरु गरेका थिए।

ईन्टरनेटको माध्यमबाट सबै जानकारी लिएर मेवा र कुरिलो खेती गर्न थालेपछि छिमेकी लगायत अन्य किसानहरुले उनि बौलायो भनेर संज्ञा दिन्थे। छिमेकीहरुले मोवाइलमा इन्टरनेट प्रविधिबाट हेरेर पनि खेती हुन्छ ? भन्ने कुरा गर्थे ? तर उनी पहिलो बर्ष मै मेवा र कुरीलो खेतीबाट लाखौ रुपैया आम्दानी गर्न थालेपछि हिजो जथाभावि अपशब्द प्रयोग गर्ने किसान दंग छन्। छिमेकी सुभनारायाण पंडितले सुरुमा यस्तो खेती सफल हुदैन भन्ने लागेको थियो, तर अहिले यो खेती सफल भएपछि कुम्हाल परिवारको जिवन शैली एवं रहन सहन नै फेरिएको बताए।

गत बर्ष सुरु गरेको खेती सफल भएपछि उनि थप साढे दुइ विगहा जग्गा प्रति कटठा २५ सयका दरले लिजमा लिएर पखेती बिस्तार गरेको बताए। कुम्हारले आफु सँग जग्गा थोरै छ, खेतीबाट राम्रो आम्दानी हुन थालेपछि थप जग्गा लिजमा लिएर जम्मा चार बिगहा मेवा र कुरिलो खेती गरेको बताए। सबै खर्च कटाएर प्रतिकठा कुरीलो र मेवा बाट बार्षिक १ लाख रुपैया आम्दानी गरेपछी यस पटक दुबै खेती बिस्तार गरेको कुम्हारले बताए। विउ लगाएको ७ महिना भित्र फल्न सुरुभएको मेवा प्रति किलो ८० देखी एक सय १० रुपैया सम्ममा करीव २५ क्वीन्टल काठमाण्डौमा बिक्रि गरिसकेको बताए। त्यसैगरी गतबर्ष कुरीलो दुईसय रुपैया प्रतिकिलो देखी काठमाण्डौमा १२ सय किलो सम्म बिक्री गरेको उनले बताए। गतबर्ष कुरीलो निस्कन सुरु भएपछी काठमाण्डौका ब्यापारीले दुई सय रुपैया प्रति किलोमा किनेर लगेको बताए।

पछी बजार भाउ बुझन र बिक्री वितरणको लागि दुई जना छोरा काठमाण्डौको कालीमाटी बजार नजिक राखेर बेच्न लगाउदा प्रतिकिलो १२ सय सम्म हातमा आएको भने। दुई बिगहामा मेवा र दुई बिगहा कुरीलो खेती गर्न हालसम्म झण्डै १५ लाख रुपैयाको लागत भईसकेको बताउदै कम्हारले अब मेवा र कुरीलो बाट आम्दानी सुरु हुँदा परिवारको अवस्था पनि सहज भएको बताए।

ताइवानमा फल्ने हाइव्रिड मेवाको बिउ प्रतिकिलो १० लाख रुपैयाको दरले खरीद गर्दाको समय ठुलो जोखिम थियो, यति महँगो विउ खरिद गरेर लादा खेती सर्पेन भन्ने डर त्यति कै भइरहेको बेला एकजना पसलले बिउको ग्यारेन्टी लिएपछी कुम्हालले आधा केजी पाँच लाखमा विउ खरिख गरी खेती सुरु गरेको सुनाए। हुन त पहाड तिर हुने कुरीलो खेती तराईको माटोमा गर्ने जोखिम थियो तर खेती गर्दै जाँदा कुरीलो खेतीको लागि तराईको बलौटे माटो उपयुक्त रहेको किसान कुम्हारले बताए।

उनले मेवाको एउटा बिरुवा दुई बर्ष सम्म रहने र एउटा बोटमा एक क्वीन्टल देखि लिएर ३० किलो सम्म फल्ने बिउ कम्पनीको ग्यारेन्टी रहेको उनले बताए। त्यसैगरी मानव शरिरको लागि अत्यधिक पौष्टिक आहार तथा जडीबुटीको रुपमा मानिने कुरिलो लाई संस्कृतमा ईन्द्रणी र अंग्रेजीमा स्पारागस भनिन्छ। कुरीलो रोपेको एक बर्ष देखि माथी फल्न थाल्ने र दुईबर्ष पछी जरामा फल्ने जडीबुटी लाई स्थानिय भाषामा सन्ताउरी ममोरा भन्ने गरिन्छ। सन्ताउरीमा अत्यधिक मात्रामा प्रोटिन पाउने हुँदा यसलाई महिला र पशुको लागि दुग्द्ध बर्धक औषधीको रुपमा पनि प्रयोग गरीन्छ। एकपटक टिपेको कुरिलो १०/१२ दिन सम्म सुरक्षित रहेने र उनले फलाएको उन्नत जातको मेवा ३० दिन सम्म सुरक्षित रहने बताए।

व्यवसायीक मेवा र कुरीलो खेतीमा किसान कुम्हार सहित उनका दुई जना छोराहरु दैनिक आफै खटेका छन भने दैनिक तिन चार जना मानिसलाई रोजगारी समेत दिएको बुझिएको छ। यसरी जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा सुरु गरिएको मेवा र कुरीलो खेतीको लागि हालसम्म सरकारी स्तर तथा स्थानिय निकायबाट कुनै प्रकारको सहयोग  नपाएको किसान कुम्हार बताउँछन्।

प्रकाशित: १५ पुस २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App