coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी विमान अन्नपूर्ण दुई हप्तादेखि ग्राउन्डेड भएको छ। विमानको ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।

विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भएपनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।

कलसाइन ९एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिए पछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदको क्रममा भएको सम्झौता अनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।

‘कात्तिक २२ गते जहाजको बे्रक सिस्टममा खराबी देखिए पछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहका छन्,’ प्रवक्ता सिग्देलले भने, ‘ब्रेक सिस्टम मसँगै एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै समस्या हलहुनेछ।’

दोहा–काठमाडौं उडानका क्रममा कात्तिक १६ गते दोहामा विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियो। पछि इन्जिनियरहरुले मर्मत गरेर विमान नेपाल ल्याइएको थियो।

ब्रेक सिस्टम परिवर्तन गर्न आवश्यक सामान आइसकेको निगमले जनाएको छ। कार्गोडोरका सामानभने एयरबसले केही समयमा पठाइदिने प्रवक्ता सिग्देलको भनाइ छ।

निगमका कार्यकारी अध्यक्षमदन खरेलले कात्तिक २९ गते निगम कोश्वेत पत्र जारी गर्दा विमान प्राविधिक विषय भएकाले सामान्य समस्या आएको बताएका थिए। तर, दुई हप्तासम्म वाइड बडी ग्राउन्डेड हुनु स्वाभाविक देखिँदैन। यस विषयमा कुरा गर्न खोज्दा अध्यक्ष खरेल सम्पर्कमा आउन चाहेनन्।

वाइडबडी खरिद गर्दा घोटाला गरेको समाचारले पनि अहिले चर्चा पाइरहेको छ। अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सको बजार हिस्सा करिब नौ प्रतिशत छ। दुईवटा वाइडबडी जहाज आएसँगै बजार हिस्सा १६ प्रतिशत पुग्ने निगमको दाबी थियो।

नेपाल वायुसेवा निगमको नयाँ वाइडवडी विमानगत साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए३३०–२०० सिरिजको कल साइननाइनएन–एएलजेड विमान छन्। यसलाई मकालु नामदिएको छ।

यस्तै, निगमको पहिलो वाइडबडी विमानलाई अन्नपूर्ण नामदिइएको थियो। उक्त विमानअसार १४ गते नेपाल ल्याइएको थियो। दुई सय ७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा ‘विजनेस क्लास’ र दुई सय ५६ सिट साधारण क्लासका छन्।

१० करोड ४८ लाख अमेरिकी डलरका उक्त विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। दुवै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो।

निगमको आन्तरिक उडान नाममात्रै
नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेका सबै विमानस्थलमा नियमित उडान गर्न सकेको छैन। निगमले परीक्षण उडान गरे पनि सुर्खेत, रुम्जाटार, लामिडाँडा, खानीडाँडा, मनाङ, मुस्ताङ र बझाङमा अझै नियमित उडान गर्न नसकेको हो। निगमले २३ वटा विमान स्थलमा उडान तालिका बनाएर आफ्नो जहाज उडाए पनि दैनिक उडान भने ६ वटा विमान स्थलमा मात्रै हुने गरेको छ।

निगमले पोखरा, विराटनगर, लुक्ला, भोजपुर, भैरहवा र सिमरामा दैनिक उडान भर्दै आइरहेको छ। अन्य विमान स्थलमा भने हप्ताको दुईदेखि चारवटासम्म मात्रै उडान भर्दै आइरहेको निगमका प्रवक्ता सिग्देलको भनाइ छ।

चारवटा जहाज ग्राउन्डेड भएकाले पनिदैनिक उडान गर्न नसकेको निगमले जनाएको छ। हालनिगमको दुई वटा ट्विनअटर र त्यत्तिकै संख्यामा वाई १२ र एउटा एमए ६० गरी पाँच वटा जहाजले मात्रै आन्तरिक उडान गर्दै आइरहेको छ। वाई १२ जहाजको ब्लेड चिनियाँ कम्पनीलाई दसैं अगाडिनै पठाउन अर्डर गरेपनि हालसम्म आइनसकेको निगमले जानकारी दिएको छ।

प्रकाशित: ६ मंसिर २०७५ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App