माछा पालनमा कपिलवस्तु आत्मनिर्भर बन्दै गएको छ । जिल्ला अहिले माछा पालनको हबको रुपमा विकसित हुँदै गए पछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको हो ।
माछाको माग बढेसँगै राम्रो आम्दानी हुन थाले पछि व्यावसायिक माछा पालन गर्ने कृषकको संख्या बढ्दै गए पछि जिल्ला माछा पालनको हवका रुपमा स्थापित हुँदै गएको छ । माछा पालन तर्फ बढ्दै आकषर्णसंगै जिल्ला माछा पालनमा आत्मनिभर बन्दै गएको हो । यससंगै भारतीय माछामा परनिर्भर जिल्लामा केही बर्ष यता बर्षेनी आयात समेत घट्दै गएको भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख डा.परबेज आलमले माछामा कपिलवस्तु कबिर करिब आत्मनिर्भर बनी सकेको दाबी गरे । वार्षिक रुपमा प्रति व्यक्ति साढे ७ किलो माछाको पहुँच हुनु पर्नेमा जिल्लामा अहिले ७ किलो पुगी सकेको उनले बताए । बर्षेनी १५ देखि २० प्रतिशत सम्म आयात प्रतिस्थापन घटेको माछा पालक कृषकहरू बताउँछन् । जिल्लामा उत्पादित माछाले यहाँको ९० प्रतिशत माग पुरा गरेको छ । १० प्रतिशतको हाराहारीमा अन्य स्थानबाट आउने गरेको छ । जनकपुर र रुपन्देहीमा मुलुक मै सबैभन्दा बढी माछा उत्पादन हुने गरेको छ ।
‘अब ती २ जिल्ला कै हाराहारीमा पुग्छौ’ केन्द्र मत्सय विकास अधिकृत महेन्द्र प्रसाद यादवले भने । गत बर्ष २०८०/०८१ मा जिल्लामा ३ हजार ७९१ मेट्रिक टन माछा उत्पादन भएको छ । जिल्लामा माछा पोखरी र घोला ताल गरी १ हजार २ सय ४ दशमलव ६ हेक्टर तथा मत्यस हेचरी ३, मत्यस नर्सरी ९ तथा माछा फर्म २ सय र जिउँदो माछा पसल ३ वटा छन् । माछाको दाना बनाउने उद्योग २ वटा छन् । २५ सदस्यीय मत्यय सञ्जाल छन् । ३ बर्ष अघि सम्म ४ सय हेक्टरमा माछा पाल्ने गरिएकोमा अहिले बढेर ७ सय बढी हेक्टरमा गरिएको छ ।
‘३ बर्ष अघि सम्म नौ सय मेट्रिक टन माछा उत्पादन हुन्थ्यो अहिले बढेर १३ मेट्रिक टन पुगेको छ ’ यादवले भने । ‘भारत र अन्य जिल्लाबाट आउने आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेको छौ, हामी केही बर्ष मै माछा उत्पादनमा आत्मनिर्भर बन्छौ ’ उनले भने । उनले जिल्ला कबिर करिब माछा पालनमा आत्मनिर्भर बनी सकेको उनको दाबी छ । १३ सय मेट्रिक टन त व्यावसायिक पोखरीबाट उत्पादन भएको माछा हो ।
घोला र अन्य तालबाट भने २ हजार बढी मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा माछा पालन गर्नेको संख्या निरन्तर बढेको छ । विशेष गरी युवाहरू अहिले माछा पालनमा बढी आकर्षित भएका छन् । जिल्लामा बर्षेनी २४ करोडको माछा उत्पादन भइरहेको छ । व्यावसायिक माछा पालनमा लागेका कपिलवस्तुको शिवराज नगरपालिका बालापुरका कृषक बिजय पौडेलले माछा पालनबाट वार्षिक २५ लाख बढी आम्दानी गर्ने गरेको बताए । ७ वटा पोखरीमा माछा पालन गरेका उनले माछा पालनबाट राम्रो आम्दानी गरेको बताए । मान्छेको बच्चालाई जसरी हुर्काइन्छ त्यसरी माछाको स्याहार गरिए राम्रो आम्दानी पाइने बताए ।
उनले भारतबाट बैखी माछाको चोरी तस्करी नियन्त्रण गरिए नेपाली माछा पालकले राम्रो आम्दानी पाउने बताए । दानाको भाउ निरन्तर बढे पनि माछाको भाउ नबढ्ने, बैखा माछाको भुरा पाउन मुस्लिम पर्ने गरेको र बजारीकरणको समस्या आउने गरेको माछा पालन कृषकहरू बताउँछन् । यहाँ सिल्भर, ग्रास, नैनी, कामन, बिउ हेड रोहु, मागुर बैखी लगायतका माछा बढी उत्पादन हुने गरेको छन् । जिल्लाका गाउँ गाउँमा प्राकृतिक जलायस रहेको र धेरै पुराना इँटा भट्टा बन्द रहेकाले र त्यसमा पोखरी पनि खन्न नपर्ने भएकाले कम लगानीमा माछा पालन गर्न सकिएकाले पनि त्यस तर्फ आकर्षण बढेको छ ।
जग्गा लिजमा लिएर पोखरी निर्माण गरी माछा पाल्ने कृषकहरू समेत बढ्दै गएका छन्। धान र गहुँ भन्दा २ सय प्रतिशत बढी नाफा हुने र जोखिम समेत कम भएकाले कृषकहरू माछा पालनमा लागेको केन्द्रका प्रमुख आलमले बताए । माछा पालन गर्नेको संख्या बढेसँगै त्यस बारेमा कार्यालयमा बुझ्न आउने कृषकको संख्या समेत बढेको उनले बताए ।
प्रकाशित: २२ असार २०८२ १७:१५ आइतबार