नेपाल ह्याचरी उद्योग संघले एक हप्ताका लागि ब्रोइलर तथा कलर ब्रोइलर (कोइलर) चल्लाहरूको उत्पादन पूर्ण रूपमा बन्द गरी बिक्रीवितरण नगर्न/नगराउन सूचीत गरेको छ।
ह्याचरी व्यवसायीहरूको विशेष भेलाको सर्वसम्मत निर्णय अनुसार बन्द गर्न सूचीत गरेको संघले जनाएको हो। भोलि (सोमबार)देखि अर्को साता आइतबारसम्म बन्द गर्न संघले जानकारी गराएको छ।
संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर विसुरालले बताए। पोल्ट्री व्यवसायमा विगत केही महिनादेखिको विषम परिस्थितिलाई सुधार गर्नका लागि यस्तो निर्णय भएको उनले जनाए।
प्रकाशित: २२ असार २०८२ १२:४१ आइतबार