२६ असार २०८२ बिहीबार
image/svg+xml
अर्थ

अपर तमोरले ४ दिनभित्र सिस्नेखोलामा बेलिब्रिज बनाउँदै

ताप्लेजुङको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ।

२८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण थालेको यो पुल अबको ४ दिनभित्र सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

अपर तमोर जलविद्युत आयोजनाकी संयोजक सम्झना क्षेत्रीका अनुसार करिब २७.५ मिटर लामो बेलिब्रिजको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

‘तीव्र गतिमा काम सुरु भएको छ, अबको ३ देखि ४ दिनभित्रै निर्माण पूरा गरी सवारी आवागमन सुरु गर्ने हाम्रो लक्ष्य छ,’ क्षेत्रीले भनिन्।

वर्षायाममा सिस्नेखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न निकै कठिन हुने गरेको थियो। स्थानीयले वर्षौंदेखि भोग्दै आएको यो समस्या बेलिब्रिज निर्माण सम्पन्न भएपछि हट्ने र बाह्रै महिना यातायात सहज हुने आयोजनाले विश्वास लिएको छ।

प्रकाशित: २१ असार २०८२ १८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App