२४ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, प्रधानमन्त्रीलाई महासंघको निम्तो

नेपाल महिला उद्यमी महासंघले महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ।

महासंघले ११ जुलाई २०२५ मा सानेपाको हेरिटेज गार्डेनमा उक्त सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहने छ। उनीहरूले विश्वभर महिला नेतृत्व र उद्यमशीलताको क्षेत्रमा संवाद, सहकार्य र सशक्तीकरणलाई बढावा दिने विश्वास महासंघको छ।

सम्मेलनको बारेमा महासंघका अध्यक्ष शोभा ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट र संक्षिप्त जानकारी दिइन्। उनले प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुन आमन्त्रित समेत गरिन्। प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्दै सम्मेलनमा आफ्नो उपस्थिति रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन्।

प्रधानमन्त्रीको समर्थनले सम्मेलन सफल हुने र प्रेरणादायी भेलाको लागि महासंघ तत्पर रहेको जनाइएको छ।

प्रकाशित: १० असार २०८२ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App