२५ असार २०८२ बुधबार
image/svg+xml
अर्थ

कार्यकारी निर्देशक शाक्यले भने : मर्स्याङ्‍दी र दोर्दी करिडारेका सबै जलविद्युत आयोजना अव पूर्ण क्षमतामा चल्छन्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज अकस्मातरुपमा भरतपुरस्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनको निरिक्षण गरेका छन् । प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालसहित उच्चस्तरीय प्राविधिक टोलीसहित पुगेका कार्यकारी निर्देशक शाक्यले दमौली-भरतपुर १३२ केभि लाइनलाई पूर्ण क्षमतामा संचालन गर्न न्यु भरतपुर सवस्टेशनमा देखिएको प्राविधिक समस्या छिटो भन्दा छिटो समाधान गर्न प्राविधिक परामर्श तथा आवश्यक निर्देशन दिएका छन् । 

दमौली-भरतपुर १३२ के.भीप्रशारण लाईनको  विद्यत् शक्तिवहाव गर्ने यसअघिको क्षमता ७० मेगावाटबाट बृद्धि गरि करिव १३० मेगावाट बनाउन सो लाइनमा भएको कन्डक्टर बदलिको कार्य भएको भएता पनि भरतपुरस्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनमारहेको प्राविधिक जटिलताले गर्दा उक्त लाईन पूर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन ।

निजी उर्जा उत्पादकहरुले मर्स्याङ्‍दी तथा दोर्दी करिडारेमा निर्माण गरेको जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विद्युत् सहजरुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनका लागि उक्त लाईनले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् । प्राविधिक समस्या समाधान गरि बृद्धि भएको विद्युत् वहाव गर्ने क्षमता अनुसार लाइन संचालन गर्न अपरिहार्य रहेको र त्यसका लागि सवस्टेशनमा गर्नुपर्ने कार्य एक दुई दिनमा नै गर्न हेटौडा ग्रिड महाशाखालाई निर्देशन दिइएको थियो ।

सवस्टेशन तथा प्रशारण लाइनमा देखिएका समस्या समाधान गरि सवै विद्युत गृह तथा प्रसारण लाइनहरु पुर्ण क्षमतामा संचालन गर्ने, नियमित भरपर्दो र गुणस्तरिय विद्युत सेवाग्राहकहरुलाई उपलब्ध गराउने एवं बढि भएको उर्जा निर्यात गरि राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने विद्युत प्राधिकरण्को निती अनुरुप प्राधिकरणले तदारुकताका साथ आफ्ना गतिविधिहरु अगाडी बढाए अनुसार आजको आकस्मिक निरिक्षणको कार्य भएको प्राधिकरणका प्रवक्ता समेत रहेका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले जानकारी दिए ।  

प्रकाशित: ९ असार २०८२ १९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App