नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो।
माइक्रो फाइनान्स समूहको यो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ। बोर्डले चालु आर्थिक वर्षमा हालसम्म १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। तीमध्ये पाँच जलविद्युत् समूहका छन्, तीन लघुबीमाका छन्, दुई अन्य क्षेत्रका छन्, र एक-एक उत्पादन र माइक्रो फाइनान्स क्षेत्रका छन्। समग्रमा बोर्डले रु दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ।
त्यस्तै, साधारण सेयर बिक्रीका लागि अनुमति पर्खिरहेका ४४ कम्पनी छन्। तीमध्ये अधिकांश, अर्थात् ३५, जलविद्युत् कम्पनी छन्।
प्रकाशित: ८ असार २०८२ ०९:५६ आइतबार





