२५ असार २०८२ बुधबार
image/svg+xml
अर्थ

गढीमाईको बजेट करिब ५५ करोड

रौतहटको गढीमाई नगरपालिकाले करिब ५५ करोड रुपैयाँको बजेट ल्याएको छ। गढीमाई नगरपालिकाको सभा कक्षमा शनिबार आयोजित नगर अधिवेशनमा नगर प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका छन्।

गढीमाई नगरपालिकाको आगामी आर्थिक वर्षको पुँजीगत बजेट १९ करोड १५ लाख ४९ हजार र चालुतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ रहेको नगर सभामा नगर प्रमुखले जानकारी गराएका छन्।

आर्थिक  वर्ष २०८२/८३ का लागि नगरपालिकाको आन्तरिक आय २ करोड, आन्तरिक राजस्व बाँडफाँट २ करोड, संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २१ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड ५७ लाख, संघीय सरकारको राजस्व बाँडफाँटतर्फ १० करोड ८७ लाख ६५ हजार १०८, मधेश प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ७७ लाख ४९ हजार, मधेश प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, मधेश प्रदेश सरकारको समपूरक अनुदानतर्फ २० लाख, मधेश प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फ ६३ लाख ५८ हजार, मधेश प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ बजेटको स्रोत रहेको नगर प्रमुख यादवले जानकारी गराएका छन्।

गढीमाई नगरपालिकाको पहिचान धार्मिक आस्थासित जोडिएको हुनाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका साथै धार्मिक र सांस्कृतिक दृष्टिकोणले आगामी आर्थिक वर्षमा बजेटलाई मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी गराएका छन्।

बजेट अधिवेशन शान्तिपूर्ण रूपमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। आगामी आर्थिक वर्षमा नगरपालिकाको विकास र पहिचानतर्फ राम्रो काम हुने विश्वास स्थानीयवासीले लिएका छन्।

प्रकाशित: ८ असार २०८२ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App