१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ। भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।

पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ मा र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ मा अनुमति दिइएको थियो। भुक्तानी तथा फस्र्योट ऐन, भुक्तानी तथा फस्र्योट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएकाले यी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको हो।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार यी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी सर्वसाधारणलाई जानकारी दिइएको केन्द्रीय बैंकले जनाएको छ। रासस

प्रकाशित: ६ असार २०८२ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App