१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भौतिक पूर्वाधार मन्त्रालयका लागि २४ अर्ब ८० करोड विनियोजन

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री कुन्जन राज काफ्लेले बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ छुट्याइएको छ।

प्रदेश सरकारले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख रकम विनियोजन गरेको छ। 

प्रकाशित: १ असार २०८२ २२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App