१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अर्थ

बागमती प्रदेशको बजेट : संस्कृति, पर्यटन र कृषिमा विशेष जोड

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न मन्त्रालयका लागि उल्लेख्य रकम विनियोजन गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कुन्जन राज काफ्लेले यो बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख र वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ९९ करोड ६७ लाख विनियोजन गरिएको छ। 

यस्तै, युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड रुपैयाँ प्रदान गरिएको छ।

प्रकाशित: १ असार २०८२ २१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App