बागमती प्रदेशको बजेट भाषण अझै हुन सकेको छैन।
आज अपराह्न ३ बजे प्रस्तुत गरिने भनिएको बजेट भाषण सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को विवादका कारण अन्योलमा परेको हो । ३ बजे बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि बैठक सारिएपनि अझै अनिश्चित छ । प्रदेश सभाको सचिवालयका अनुसार, अहिलेसम्म बजेट भाषण हुने नहुने-निश्चित छैन ।
अहिले दुई सत्तारुढ दल बजेट भाषणका लागि अन्तिम तयारीमा जुटेका छन्। क्याबिनेटबाट पास भएपछि बजेट भाषण हुनेछ ।
प्रकाशित: १ असार २०८२ १९:१५ आइतबार





