प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बजेट भूबनोटअनुसार के-कस्तो हुनुपर्छ भन्ने तहसम्म नपुगेको बताएका छन्।
बिहीबार (आज) संसद्मा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आव २०८२/०८३ को बजेटमाथि संक्षिप्त समीक्षा गर्दै भण्डारीले यस्तो बताएका हुन्।
तथापि, बजेट समयानुसार प्रगतिशील रहेको उनले बताएका छन्। 'बजेटले समस्या पहिचान गरेको छ। बजेट विनियोजनको क्षेत्र पहिचान गरेको छ तर, हाम्रो भूबनोटअनुसार के-कस्तो हुनुपर्दछ भन्ने तहसम्म पुग्न सकेको छैन,' उनले भनेका छन्।
त्यस तहसम्म पुगेको भए राजस्व सङ्कलन र देशलाई आत्मनिर्भर बनाउने बाटो सजिलो हुने भण्डारीले बताएका छन्। 'अझै पनि आर्थिक सुधार पारदर्शीता र सुशासनको आवश्यकता छ। तथापि, बजेट कार्यान्वयन र सुधारका लागि सही व्यक्ति सही ठाउँमा राख्न आफैँभित्रका चुनौतीहरूलाई चिर्न सक्नु पर्दछ,' उनले भनेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८२ १७:५५ बिहीबार





